नेपाल बैंकको सीईओका लागि पाँच जनाको नाम सर्टलिष्टमा – Nepal Press

नेपाल बैंकको सीईओका लागि पाँच जनाको नाम सर्टलिष्टमा

काठमाडौँ । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सर्ट लिष्टिङ भएको छ ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि १९ जना आवेदकबाट ५ जनाको नाम सर्ट लिष्टिङ गरेको बैंकले जनाएको छ ।

सर्ट लिष्टिङमा पर्नेमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) रहेका छन् ।

उनीहरूको अन्तरवार्ता भने बुधवार (पुस ४ गते) हुने जनाइएको छ । गत असोज २१ गते खुलाइएको आवेदनमा १९ जनाले आवेदन दिएका थिए ।

बैंकको सञ्चालक समितिबाट गठित छनौट उपसमितिले ५ जनालाई अन्तरवार्ताका लागि छनौट गरेको हो ।

नेपाल बैंकमा यसअघि कृष्ण बहादुर अधिकारी सीईओ थिए । अधिकारीको कार्यकाल असोजमा सकिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर