महालेखापरीक्षकको प्रतिवेदन: १३ आईएसपीको २ अर्ब ७४ करोड बक्यौता असुल्न बाँकी – Nepal Press

महालेखापरीक्षकको प्रतिवेदन: १३ आईएसपीको २ अर्ब ७४ करोड बक्यौता असुल्न बाँकी

काठमाडौं । महालेखापरीक्षकको ६१ औं प्रतिवेदनअनुसार १३ वटा दूरसञ्चार सेवा प्रदायकले २०७८/७९ को वार्षिक आयमा ग्रामीण दूरसञ्चार दस्तुर र जरिवाना गरी २ अर्ब ७३ करोड ८० लाख ४२ हजार रुपैयाँ सरकारलाई बुझाउन बाँकी रहेको औंल्याइएको छ ।

यस वर्ष १४ वटा दूरसञ्चार सेवा प्रदायक संस्थाले पेस गरेको आर्थिक वर्ष २०७८/७९ को आय विवरणअनुसारको आयमा रोयल्टी (जरिवानासमेत) ७ करोड ७० लाख १८ हजार र ग्राहकसँग असुल गरेको मर्मत तथा सपोर्ट र अन्य चार्ज आम्दानीको रोयल्टी ३२ करोड १६ लाख ५४ हजार असुल्न बाँकी रहेको प्रतिवेदनमा औंल्याइएको छ ।

मन्त्रिपरिषद्को किस्ता सुविधाको निर्णयअनुसार सेवा प्रदायकले चौथो किस्ताको फ्रिक्वेन्सी दस्तुर ९९ करोड ३१ लाख १९ हजार बुझाउन बाँकी छ ।

सेवा प्रदायकले बुझाउनुपर्ने फ्रिक्वेन्सी तथा भिस्याट दस्तुर १ अर्ब २९ करोड ६७ लाख ४९ हजार रहेको छ । दुई प्रसारण संस्थाले २०७८/७९ को वित्तीय प्रतिवेदनअनुसारको प्रसारण आम्दानीमा प्रसारण शुल्क जरिवानासमेत १ करोड ९ लाख ९४ हजार रुपैयाँ सरकारलाई भुक्तान गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर