महालेखापरीक्षकको प्रतिवेदन: स्थानीय तहको सवारीसाधन खरिद र इन्धन खर्च पौने ८ अर्ब – Nepal Press

महालेखापरीक्षकको प्रतिवेदन: स्थानीय तहको सवारीसाधन खरिद र इन्धन खर्च पौने ८ अर्ब

काठमाडौं । स्थानीय तहहरुले गत आर्थिक वर्षमा सवारीसाधन खरिद तथा मर्मतमा ६ अर्बभन्दा बढी रक खर्च गरेका छन् ।

महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदनअनुसार स्थानीय तहहरुले चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन खरिद तथा मर्मतमा ६ अर्ब १७ करोड ७९ लाख ७५ हजार रुपैयाँ खर्च गरेका छन्, जसमा ७५ स्थानीय तहले तीन अर्ब ६६ करोड ७१ लाख २० हजारको चार पाङ्ग्रे सवारीसाधान खररिद गरेका छन्।

त्यस्तै १३० स्थानीय तहले २० करोड ७२ लाख ३८ हजारको दुई पाङ्ग्रेसहित तीन अर्ब ८७ करोड ४३ लाख ५८ हजार बराबरको सवारीसाधान खरिद गरेका छन् ।

२६४ स्थानीय तहले सवारीसाधन मर्मतमा मात्रै ७३ करोड ६७ लाख ९ हजार र ३२७ स्थानीय तहले इन्धनमा एक अर्ब ५६ करोड ६९ लाख आठ हजार गरेर दुई अर्ब ३० करोड ३६ लाख १७ हजार रुपैयाँ खर्च गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर