गत आर्थिक वर्षको बेरुजु ९५ अर्ब ६० करोडभन्दा बढी – Nepal Press

गत आर्थिक वर्षको बेरुजु ९५ अर्ब ६० करोडभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्ष ९५ अर्ब ६० करोड २१ लाख बेरुजु भएको छ । महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेका तथ्याङ्कमा सो बेरुजु देखिएको हो ।

यो वर्ष सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको बेरुजु ९५ अर्ब ६० करोड २१ लाख रहेको छ ।

यो वर्ष सङ्घीय मन्त्रालय तथा निकाय मातहतका ३ हजार २७७ कार्यालयको २४ खर्ब ६१ अर्ब ११ करोड, प्रदेश मन्त्रालय तथा निकाय मातहतका १ हजार २७० कार्यालयको ३ खर्ब २३ अर्ब ३४ करोड, स्थानीय तह ७५३ मध्ये ७४६ र गत वर्षको बक्यौता २ समेत ७४८ को रु. ११ खर्ब ३९ अर्ब १९ करोड, २१७ समिति र अन्य संस्थाको २ खर्ब ९६ अर्ब ८५ करोड र ९३ सङ्गठित संस्थाको ३६ खर्ब ६१ अर्ब ११ करोडसमेत रु ७.८ खर्ब ८१ अर्ब ६० करोडको लेखा परीक्षण सम्पन्न गरिएको भएको छ ।

वित्तीय लेखा परीक्षणको अतिरिक्त ९ विषयको कार्यमूलक, २ विषयको वातावरणीय र १ विषयको सूचना प्रविधि लेखा परीक्षण गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्ने सन्दर्भमा वार्षिक लेखा परीक्षण योजना, निकायगत एवं कार्यालयगत लेखा परीक्षण योजना तर्जुमा गरी कार्यालयहरूको जोखिम विश्लेषण गरिएको छ । सो अनुसार उच्च र न्यून जोखिम वर्गीकरण मार्फत विद्युतीय प्रणालीको आधारमा लेखा परीक्षण सम्पन्न गरिएको छ ।

लेखा परीक्षण गर्दा उच्च जोखिम भएका कार्यालयको स्थलगत रूपमा गरिएको छ भने न्यून जोखिम भएका कार्यालयको दूर लेखा परीक्षण विधिबाट सम्पन्न गरिएको छ ।

लेखा परीक्षण ऐन, २०७५ मा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर