होण्डा डीयो १२५ स्कुटरको विक्री सुरु, कति पर्छ मूल्य ? – Nepal Press

होण्डा डीयो १२५ स्कुटरको विक्री सुरु, कति पर्छ मूल्य ?

काठमाडौंं । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ प्रालिले होण्डा डियो १२५ स्कुटरको विक्री वितरण सुरु गरेको छ ।

होण्डाका दुईपाङ्ग्रे सवारीसाधनमध्ये होण्डा डियोको पछिल्लो संस्करणमा वर्तमान प्रविधिमैत्री पुस्ताको आवस्यकता र सन्तुष्टिका लागि नविन विशेषताहरुसहित डियो १२५ स्कुटरको ल्याइएको हो ।

डीयो १२५ सीसी क्षमताको इञ्जिनका साथ रोमान्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्ने कम्पनीको दाबी छ । डीयो १२५ मा स्टार्ट गर्दा एकदमै कम आवाज आउने वातावरणमैत्री उसीजी प्रविधि पनि जडित छ ।

डीयो १२५ को मुल्य २ लाख ९९ हजार ९०० रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर