नेपाल एयरलाइन्सबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे छलफल नभएको मन्त्रालयको स्पष्टोक्ति – Nepal Press

नेपाल एयरलाइन्सबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे छलफल नभएको मन्त्रालयको स्पष्टोक्ति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले गरिरहेको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ ।

आइतबार नेपाल एयरलाइन्समा क्रियाशील ट्रेड युनियनलाई पत्राचार गर्दै यस विषयमा मन्त्रालयमा कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निजी सचिवालयले सरकारले निर्णय नगरेसम्म निगमको भूमिस्थ सेवा सोही कम्पनीमै रहनेसमेत पत्रमा जानकारी गराइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसी प्रतिस्पर्धामा लैजाने निर्णय गरेसँगै निगमका कर्मचारी आन्दोलित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर