राजेन्द्र लिङ्देनको ब्रिफिङ- भ्रष्टाचारका हरेक काण्डमा नेताहरूको संलग्नताले हाम्रो एजेण्डामा जनमत बढ्दैछ – Nepal Press

राजेन्द्र लिङ्देनको ब्रिफिङ- भ्रष्टाचारका हरेक काण्डमा नेताहरूको संलग्नताले हाम्रो एजेण्डामा जनमत बढ्दैछ

'राप्रपा सत्ता केन्द्रित होइन, परिवर्तनको चाहना ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिन्छ'

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताप्रति आफ्नो पार्टीको एजेण्डामा आकर्षण बढेको बताएका छन्। धुम्बाराहीमा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई ब्रिफिङ गर्दै पार्टीप्रति आकर्षण बढेकाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले भने, राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ। सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिन्छौँ।

देशमा अर्थतन्त्र संकटमा पर्दै गइरहेका अन्योलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको बताए।

उनले भने- भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। त्यसैले हाम्रो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको छ ।

समान विचार भएकाहरुसँग एकता, सहकार्य आवश्यक र सम्भव भएको बताए । आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गर्नुपर्ने भन्दै राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रूपमा बदनाम गर्ने काम भने रोकिनुपर्नेमा जोड दिए ।

बैठकमा महामन्त्री डा. धवलशम्सेर राणाले बृहत् आन्दोलन सम्बन्धी कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालय सम्बन्धी प्रतिवेदन पेश गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

अहिले प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको प्रतिवेदन पेश गर्ने क्रम जारी रहेकाले प्रतिवेदन पेश भइसकेपछि आज नै छलफल प्रारम्भ हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर