विरोधीहरूलाई ईश्वर पोखरेलको चुनौती- एमालेसँग जुध्ने हिम्मत भए जनताको बीचमा आउनुस् – Nepal Press
नेपाल टक

विरोधीहरूलाई ईश्वर पोखरेलको चुनौती- एमालेसँग जुध्ने हिम्मत भए जनताको बीचमा आउनुस्

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन्- गठबन्धनको कुकर्मले प्रचण्ड सरकार आफैं ढल्छ, मध्यपहाडी यात्रा एमालेको एकल बहुमतको आधार तय गर्नलाई हो

काठमाडौं । नेकपा एमाले अहिले मध्यपहाडी लोकमार्गकेन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा छ । मध्यपहाडी लोकमार्गकेन्द्रितको बैतडीको झुलाघाटबाट सुरू भएको एमालेको अभियान पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिँदैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेका सबै पार्टी पदाधिकारी अहिले अभियानमा छन् । यस अभियानमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा २५ लाख जनता र कार्यकर्ता जोडिएको एमालेको दाबी छ ।

देशको अधिकांश भूभाग ओगटेको मध्यपहाडी यात्राका क्रममा त्यहाँको जनताको समस्या र सम्भावनालाई पहिल्याउने लक्ष्य राखेको छ। अहिले एमालेको टोली तेह्रथुमबाट अघि बढ्दैछ ।

अभियान अन्तिम चरणमा पुगिसकेको अवस्थामा अहिलेसम्मको मूल्यांकन, अभियानको क्रममा अहिलेसम्म आएको जनताको सुझाव, राजमार्गको समस्यालगायतको विषयमा केन्द्रित रहेर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग गरिएको कुराकानी नेपाल टकमा :

– अहिलेसम्म करिब २ तिहाई दूरी पार भइसकेको मध्यपहाडी संकल्प यात्रालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्याङसम्मको यो अभियान निश्चित उद्देश्य राखेर गरिरहेका छौं । हामीले ब्यानरमै भनेका छौं- सन्देश राष्ट्रिय, सम्बन्ध स्थानीय । स्थानीय तहका समस्याहरूलाई राम्रोसँग बुझ्ने उद्देश्यले हामी यात्रामा हिँडेका छौं । हिजो एमालेका अध्यक्ष प्रधानमन्त्री भएको बेलामा प्रारम्भ भएका महत्वपूर्ण आयोजनाहरुको अहिलेको अवस्था बुझ्नको लागि पनि हो यो यात्रा । राजनीतिक अस्थिरताको कारण अहिले मास फ्रस्टेसन देखा परेको छ, त्यो बुझ्नको  लागि पनि हामी महाकालीदेखि मेचीसम्म, बैतडीदेखि पाँचथरसम्म हिँडेका हौं ।

हिजो एमालेका अध्यक्ष प्रधानमन्त्री भएको बेलामा प्रारम्भ भएका महत्वपूर्ण आयोजनाहरुको अहिलेको अवस्था बुझ्नको लागि पनि यो संकल्प यात्रा हो ।

– यो एमालेका नेता कार्यकर्ताको पुनर्मिलनमात्र हो कि, जनताको पनि सहभागिता पाउनुभएको छ ?

हाम्रा जनसभामा अपेक्षाभन्दा अत्यन्तै उल्लेख्य जनताको सहभागिता पायौं । चिसोको पर्वाहसमेत नगरी जनता हाम्रो सभालाई कुरेर बस्नुभएको छ । र, हाम्रो पार्टी अध्यक्षले अरु आमसभाभन्दा पृथक ढंगले जनतालाई सम्बोधन गर्नुभएको छ । हामीले संगठित ढंगले हजारौं जनताको उपस्थितिमा त्यहाँको समस्या बुझेका छौं ।

– आलोचकहरूले त एमालेका नेताहरूले धुलो उडाउने र भाषण सुनाउने यात्रा भनेका छन् नि ? उनीहरूलाई के जवाफ दिनुहुन्छ ?

आलोचना गर्नेलाई हामीले केही भन्नु छैन । उनीहरूले आफ्नो कर्तव्य पूरा गरेका होलान् । हामी हाम्रो अभियानमा छौं । जनतासँगको सम्बन्ध र सम्पर्कलाई प्रगाढ बनाउन चाहन्छौं । कसले के भन्छ भन्ने कुरा महत्वको कुरा होइन । काम गर्न थालेपछि आलोचना गर्ने हुन्छन् । कतिले गलत मनसायले भन्छन्, कति एमालेको विरुद्धमा टुप्पी कसेर लाग्नेहरूले भन्छन् त्यसलाई हामी प्रवाह गर्दैनौं । जनताले के भन्छन्, के चाहन्छन् भन्ने मुख्य कुरा हो ।

स्कुलका केटाकेटीहरू पनि आएका छन् । तर, पर्वमा त उनीहरू आउँछन् नै । बच्चाहरु पनि केपी ओलीलाई भेट्न, एमाले भन्ने पार्टी के रहेछ बुझ्न खोज्छन् ।

– यसअघि मेची महाकाली अभियानमा मधेशवादीले अवरोध गरे, यसपटक कोशीमा पहिचानवादीले अवरोध गरे, एमाले किन पहिचानप्रति अनुदार बनेको भन्ने प्रश्न पनि छ नि ?

अनुदार किन नि ? जनताको बीचमा आफ्ना कुरा लिएर जाँदा एमाले अनुदार हुनुपर्ने ? संविधानले दिएको अधिकार कुनैपनि व्यक्ति, संस्थाले काम गर्नु अनुदार भएको मानिन्छ र ? अनि उदण्डताका साथ गलत हर्कत गर्नेहरू चाहिँ उदार हुन् ? त्यस्तो पनि बुझ्ने त्यो गलत कुरा हो ।

अहिले हामीलाई सरकारको आवश्यकता पनि छैन । अहिले हाम्रो शक्ति र एमालेलाई व्यवस्थित गर्दै मिसन ०८४ लाई टार्गेट गरेका छौं । एमाले एक्लैले बहुमत नल्याएसम्म यो अवस्थालाई बदल्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष छ । त्यही निष्कर्षलाई कार्यान्वयन गर्ने ढंगले हामी अगाडि बढेका छौं ।

हाम्रो उद्देश्य शान्तिपूर्ण ढंगले, संविधानले दिएको अधिकार प्रयोग गरेर हामी पार्टीको कुरा जनताको बीचमा राख्छौं, जनताको कुरा सुन्छौं, अभियान चलाएका छौं, हिम्मत छ भने अरुले पनि गर्दा हुन्छ नि ! जुनसुकै पहिचानवादी भएपनि, पार्टी नै भएपनि गरे भइहाल्यो । जनताको बीचमा आफ्नो कुरा लैजानुस्, शान्तिपूर्ण र संविधानसम्मत ढंगले । त्यो त पाइन्छ नि ! ढुंगामुढा गर्ने, मान्छे काट्छु भन्ने, चिहान खन्छौं भन्ने चाहिँ लोकतान्त्रिक हुनसक्छन् ?

– मध्यपहाडी राजमार्गको भौगोलिक रेखांकन नै मिलेको छैन भनिँदैछ, तपाईहरूले यो यात्राका दौरानमा यो राजमार्गको के-के समस्या देख्नुभयो ?

एमालेको नेतृत्वको सरकार बनेको बेलामा हामीले काम अगाडि बढाएका थियौं । राजमार्गको विषयमा प्राविधिक पक्ष पनि देखेका छौं । नमिलेका कुराहरू सम्भव भएसम्म मिलाउनुपर्छ ।

– शहरी क्षेत्रमा नयाँ र स्वतन्त्रहरुले स्पेश खुम्च्याउँदै गरेका बेला तपाईहरुले पहाडमा आफ्नो आधार जोगाउन यो अभियान चलाउनुभएको त होइन ?

हामीले सोचेभन्दा जनताको समर्थन, साथ, माया र सद्भाव पाएका छौं । जुनसुकै ठाउँमा जाँदा पनि यो चिसोको बेलामा राति साढे १० बजेसम्म हाम्रो प्रतीक्षा गरेर स्वःस्फुर्त रूपमा मानिसहरू बसेका छन् । बुढाबुढी केटाकेटी सबैलाई एउटा पर्वजस्तो भएको छ यो संकल्प यात्रा ।

हामी आन्दोलनमा लामो समयदेखि संलग्न र सहभागी हुँदै भोग्दै बुझ्दै आयौं । स्कूलका केटाकेटीहरू पनि आएका छन्, अरुले भन्दैछन् बालबालिकालाई प्रयोग गर्‍यो भनेर । तर, पर्वमा त उनीहरू आउँछन् नै । बच्चाहरू पनि केपी ओलीलाई भेट्न, एमाले भन्ने पार्टी के रहेछ बुझ्न खोज्छन् ।

नीतिविहीन, विचारहीन, कार्यक्रमविहीन र एमालेलाई विरोध गर्ने र सिध्याउने अपराधिक योजनाको साथ गठन भएको सरकारबाट हामीले परिणाम खोज्न हुँदैन । यीनिहरूले जनताको काम गर्न सक्दैनन् ।

– यो अभियानको क्रममा अहिलेसम्म अध्यक्षको एकल शो भयो पनि भनिएको छ, किन अरु पदाधिकारीले कुनै पनि सभालाई सम्बोधन गरेको देखिएन नि ?

यो हामीले कुनै आमसभा गरेका होइनौं । हामी दिनमा अहिले दुई सय किलोमिटरसम्म हिँडिरहेका छौं । यस्तो बेलामा हामीले जाने त्यहाँको संगठित समस्या सुन्ने, त्यहाँका प्रतिनिधिसँग कुरा बुझ्ने काम गरिरहेका छौं । बोल्नको लागि पालो पुर्‍याउनुपर्ने विषय त यहाँ भएन नि !

– तर, अध्यक्षको सम्बोधनमा सरकारप्रति खनिएको देखिन्छ । यो अभियान सकिएपछि सरकार ढाल्ने खेलमा एमाले लाग्छ ?

यो गठबन्धनको सरकार त आफैं कुहिएको फर्सीजस्तो फतक्कै जान्छ । टिक्छ भन्ने लागेकै छैन । तर, हामी हाम्रो काम र मिसनमा छौं । एमालेलाई सुदृढ गर्ने अभियानमा छौं । विचार, संगठन, हाम्रो नेतृत्व सुदृढ बनाउँछौं । कार्यसम्पादन गर्ने शैलीलाई व्यवस्थित बनाउन लागेका छौं ।

अहिले जति पनि काण्डका कुराहरू आइरहेका छन्, भन्छन् नि जस्तो बीउ रोप्यो त्यस्तै फल फल्छ । यो गठबन्धन जस्तो पृष्ठभूमिमा उभिएको छ, जसको आधारमा यसको जन्म भयो, जे उद्देश्य राखेर आएको छ, त्यस्तै काम गर्ने हो । अहिले जे जति कुकर्महरू आएका छन् त्यो सबै गठबन्धन सरकारको परिणाम हो ।

नीतिविहीन, विचारहीन, कार्यक्रमविहीन र एमालेलाई विरोध गर्ने र सिध्याउने अपराधिक योजनाको साथ गठन भएको सरकारबाट हामीले परिणाम खोज्न हुँदैन । यीनिहरूले जनताको काम गर्न सक्दैनन् ।

– प्रचण्ड सरकार नीतिहीन भन्दै गर्दा एमालेले नयाँ सरकारको पहल किन गर्दैन त ?

अहिले हामीलाई सरकारको आवश्यकता पनि छैन । हामी अहिले हाम्रो शक्ति र एमालेलाई व्यवस्थित गर्ने मिसन ०८४ हामीले टार्गेट गरेका छौं । एमाले एक्लैले बहुमत नल्याएसम्म यो अवस्थालाई बदल्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष छ । त्यही निष्कर्षलाई कार्यान्वयन गर्ने ढंगले हामी अगाडि बढेका छौं ।

हामीले हाम्रो उद्देश्य शान्तिपूर्ण ढंगले, संविधानले दिएको अधिकार प्रयोग गरेर हामी हाम्रो कुरा जनताको बीचमा राख्छौं । जनताको कुरा सुन्छौं । अभियान चलाएका छौं, हिम्मत छ भने अरुले पनि गर्दा हुन्छ नि । जुनसुकै पहिचानवादी भएपनि, पार्टी नै भएपनि गरे भइहाल्यो ।

– चुनाव भएको एक वर्षमै फेरि मिसन ०८४ भन्दै अभियान थाल्नुभयो । यो त चुनावदेखि चुनावसम्म मात्रै भएन ?

हामी शान्तिपूर्ण ढंगले प्रतिस्पर्धाको राजनीति गर्छौँ । अहिले राजनीतिक अस्थिरता जुन किसिमको छ । जहिलेसम्म एमालेको बहुमत आउँदैन । यो देशलाई अगाडि बढाउन सकिँदैन । एमालेको नीति, कार्यक्रम, योजना, अठोट र संकल्पको आधारमा हामीलाई बहुमत दिन आवश्यक छ । हामीले गरेको कामको आधारमा जनताका बीचमा छौं, आउने दिनका के काम गर्छौं त्यो कुरा राख्छौं । हामी प्रतिस्पर्धाबाट जनताको विश्वास प्राप्त गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन चाहन्छौं । त्यसैले मिसन ०८४ भनेको एउटा महत्वपूर्ण अवसर हो । त्यसैलाई टार्गेट गरेर गएका छौं ।

अहिले सत्तामा बसेकाहरूले गरेर देखाए हुन्छ नि एमाले त प्रतिपक्षमा छ । एमालेले के गरेर देखाउन पर्‍यो ? सरकारमा जाने नीति निर्माण गर्ने, योजना कार्यान्वयन गर्ने काम त सरकारमा गएरमात्रै सम्भव हुन्छ ।

– एमालेले महेन्द्र राजमार्ग र मध्यपहाडीपछि अब हुलाकी राजमार्गमा पनि यस्तै यात्रा गर्छ ?

पहिला तराई मधेशमा पनि अशान्ति भएको र जनतालाई विस्थापित गर्न अस्वस्थ खालको गतिविधि भइरहेको बेलामा यस्तै उद्देश्य राखेर गरेका थियौं । त्यसबेला कतिपय ठाउँमा अप्रिय स्थिति पनि आयो । यो यात्राको उद्देश्य र उपलब्धि यात्रा सकिएपछि एक साताभित्र नै व्यवस्थित ढंगले जानकारी गराउँछौं ।


प्रतिक्रिया

One thought on “विरोधीहरूलाई ईश्वर पोखरेलको चुनौती- एमालेसँग जुध्ने हिम्मत भए जनताको बीचमा आउनुस्

  1. सबै शक्ति एमालेका विरोधमा किन ? म मंसिर १ देखि २२ सम्म इन्डिया घुमेको जयनगर सावुन किन्न एउटा पसलमा गको केपी ओलीले विगारो भन्दै थियोे जग्गनाथ पुरीमा खाने पसलमा तिरूपतिमा द्वारका मम्मइ पुस्कर डिल्ली लगायत घुम्दा भारतीयहरू केपी ओलीको विरोध गर्दा रहेछ अव भन्नुस् who is kp olli?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर