किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ – Nepal Press

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

डोटी । १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ गरेका छन् ।

डोटीको बडीकेदार गाउँपालिका–२ का २६ वर्षीय प्रेम धामी, १८ वर्षीय गोपाल साउँद र १९ वर्षीय करन साउँदलाई सामुहिक बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मंसिर १ गते साँझ करीव ६ः३० बजेको समयमा किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको बिष्टले वताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *