कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री राम रानाले दिए राजीनामा – Nepal Press

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री राम रानाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमतिविपरीत गठबन्धनलाई सरकारमा ल्याएपछि एमाले मन्त्री राम रानाले राजीनामा दिएका छन् । योसँगै कोशीबाट नेकपा एमाले औपचारिकरूपमा बाहिरिएको छ ।

हिजोमात्र मुख्यमन्त्री केदार कार्कीले माओवादी र नेकपा एसका एक-एकजनालाई मन्त्री बनाएका थिए । माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्री थपिएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले आज बिहान मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।

गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेपछि कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरूमा एमालेका राम राना र आफ्नो समूह निकटका कांग्रेसका शमसेर राईलाई मन्त्री बनाएका थिए ।

पछि गठबन्धनका दलहरूले भने कार्कीलाई विश्वासको मत दिएर ढोक्सा थापेका थिए ।


प्रतिक्रिया

One thought on “कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री राम रानाले दिए राजीनामा

  1. प्रचन्ड प्रब्रित्ती, प्रचन्ड भेरीएन्ट : राजनीतिमा अनैतीक आचरण, पद लोलुप, ठग र लुटेराको लुट अभियान, ‘निर्वाचन’ को भुत देखाएर सबैलाई तर्साउने अनी गठबन्दन नामको कालो घुम्टो भित्र लुकेर ठगी, लुट र अपराधीक धन्दा चलाऊने बिक्रित नाटक :: मुर्दाबाद !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर