सांसदद्वय चन्दा र विष्णुकुमार लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित – Nepal Press

सांसदद्वय चन्दा र विष्णुकुमार लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाका दुई जना सदस्य निरन्तर १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्की र नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भएको जानकारी गराएका हुन् ।

सभामुख घिमिरले देश बाहिर रहेका कारण चन्दा कार्की लगातार १२ वटा बैठकमा अनुपस्थित भएको र विष्णुकुमार कार्की उपचारका लागि भारतमा रहेकाले लगातार १३ वटा बैठकमा अनुपस्थित भएको भन्दै प्रतिनिधिसभा नियमावली २१३ को उपनियम (१) बमोजिम सभाको स्वीकृतिका लागि उपनियम (४) बमोजिम प्रस्तुत गरेका थिए ।

सभामुख घिमिरेले प्रस्तुत गरेको अनुपस्थितको सूचना प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर