इजरायलबाट अन्य नेपालीलाई पनि आवश्यकताअनुसार ल्याउँछौं : परराष्ट्रमन्त्री (भिडिओ) – Nepal Press

इजरायलबाट अन्य नेपालीलाई पनि आवश्यकताअनुसार ल्याउँछौं : परराष्ट्रमन्त्री (भिडिओ)

काठमाडौं । इजरायलबाट नेपालीको उद्धारपछि परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट नेपाल फर्कन चाहेका ५०३ जनामध्ये २५४ जनालाई ल्याइएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणपछि सञ्चारकर्मीसँग उनले अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

मन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको बताए । इजरायलमा चारजना नेपाली घाइते भएकोमा एकजना उपचारपछि आजै स्वदेश फर्किएको उनले बताए ।

‘आक्रमणमा परी सम्पर्कविहीन भएका विपीन जोशीको खोजी निरन्तर जारी छ’, साउदले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौं ।’

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए ।

हाल तेल अभिवबाट नियमितरूपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक छुटेकालाई आवश्यकताअनुसार फर्काउनले उनको भनाइ छ ।

उद्धार गरी नेपाल ल्याइएकालाई उपत्यकाका विभिन्न गन्तव्यमा पुर्‍याउन विमानस्थलमा नेपाल प्रहरीका तीन वटा बस तयारी अवस्थामा राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *