कांग्रेस दलको बैठक : इजरायलमा जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण – Nepal Press

कांग्रेस दलको बैठक : इजरायलमा जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा जोखिममा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा खान बस्नका लागि उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकले इजरायलमा ज्यान गुमाएका १० जनाको पार्थिव शारीरलाई यथासिघ्र स्वदेश ल्याएर परिवारजनलाई बुझाउने व्यवस्था गर्न समेत आग्रह गरिएको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै सम्पर्कमा नरहेका नेपालीको खोजी गरेर अवस्था सार्वजनिक गर्ने, नेपाल आउन चाहने नेपालीका लागि सुरक्षित तवरले स्वदेश फिर्ताको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

बैठकले इजरायलमा हमास समूहको आक्रमणको निन्दा गर्दै मृत्यु हुने नेपाली युवाप्रति श्रद्धाञ्जली साथै शोक प्रस्ताव पारित गरेको मुख्य सचेतक लेखकले बताए ।

बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर