संखुवासभाका कांग्रेस जिल्ला सभापति खड्काले दिए राजीनामा – Nepal Press

संखुवासभाका कांग्रेस जिल्ला सभापति खड्काले दिए राजीनामा

काठमाडौं । संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले राजीनामा दिएका छन् । शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।

उनले आफू प्रतिनिधि सभाको सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारणले आफूले काठमाडौंमा धेरै समय बिताउनु पर्ने भएकाले जिल्ला सभापतिबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘पार्टी संगठन सुदृढ गर्न सहज होस् भन्ने असल चाहनाले मैले मेरो नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको छु ।’ उनले आफू जिल्ला सभापति पदमा नरहेतापनि अब बन्ने सभापतिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर