एमाले बागमती अधिवेशन- आज उम्मेदवारी दर्ता, भोलि मतदान – Nepal Press

एमाले बागमती अधिवेशन- आज उम्मेदवारी दर्ता, भोलि मतदान

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ । नेतृत्वमा केन्द्रीय सदस्य द्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको हो ।

निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन दर्ता, ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुने  स्थायी कमिटी सदस्य  शेर बहादुर तामाङले बताए ।

अध्यक्ष मण्डलका अध्यक्ष एवम् एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालको संयोजनमा अध्यक्षका प्रत्यासीसहितको बैठकमा सहमति जुटाउने प्रयास गरेपनि सफल भएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर