नेपालले पहिला फिल्डिङ गर्दै, लोकेश र आकाशलाई अवसर – Nepal Press

नेपालले पहिला फिल्डिङ गर्दै, लोकेश र आकाशलाई अवसर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको दोस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो ।

टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी-२० खेल खेल्न लागेको हो ।

नेपालको टीममा लोकेश बम, सागर ढकाल, आकाश चन्द र आरिफ शेखले अवसर पाएका छन् । भने सोमपाल कामी टीममा फर्किएका छन् ।

नेपाली टीमः लोकेश बम, अनिलकुमार शाह, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द्र, कुशल भुर्तेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *