खनियाँ एनआईसी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा – Nepal Press

खनियाँ एनआईसी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका सहायक महाप्रबन्धक अर्जुन राज खनियाँ सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् ।

सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका खनियाँलाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका उनले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् ।

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाँले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको पमा नियुत्त भएका थिए ।

त्यसयता बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिएका खनियाँ हाल बैंकको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystemप्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *