हिमालयन सेक्युरिटिज लिमिटेडको व्यवसायिक कारोबार संचालनमा – Nepal Press

हिमालयन सेक्युरिटिज लिमिटेडको व्यवसायिक कारोबार संचालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको व्यवसायिक कारोबार संचालनमा आएको छ । गत बिहीबारदेखि लिमिटेडको व्यवसायिक कारोबार संचालनमा आएको हो ।

धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडकोे कुल चुक्ता पूँजी रु साठ्ठी करोड रहेका छ ।

पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिज लिमिटेडले वि.सं. २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।

ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्घताका साथ कारोबार संचालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारका सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।

कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरि मार्जिन कारोबार( Margin Lending) तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

वित्तीय क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिकामा रहनुभएका बौद्घिक व्यक्तित्वहरुको संचालक समितिबाट निर्देशित हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि प्राथमिक सेवा प्रदायक बन्ने लक्ष्य राखेको छ ।

कम्पनीले हाल सि.टि.सि. मल, सुन्धारामा रहेको कार्यालयबाट आफ्नो सेवाहरु प्रदान गर्दै आएको् छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर