एमाले बागमती प्रदेश अधिवेशन : नेतृत्व छनोटको लागि मनोनयनको तयारी सुरु – Nepal Press

एमाले बागमती प्रदेश अधिवेशन : नेतृत्व छनोटको लागि मनोनयनको तयारी सुरु

हेटौँडा । नेकपा एमालेको पहिलो बागमती प्रदेशको अधिवेशन काठमाडौंमा जारी छ ।

सोमबारबाट काठमाडौंमा सुरु भएको अधिवेशनको मङ्गलवार काठमाडौं स्थित कमलादीमा बन्दसत्र सम्पन्न भैसकेको छ ।

बन्दसत्रले राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई अनुमोदन गरिसकेपछि आजबाट निर्वाचन कार्यक्रम सुरु भएको छ ।

मङ्गलवार अबेर रातीसम्म सहमतिको प्रयास भए पनि नेतृत्वमा सहमति जुट्न नसकेपछि आजबाट निर्वाचन कार्यक्रम सुरु भएको हो ।

अध्यक्षमा सहमति जुट्ने अवस्था न्यून बनेपछि अब अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीमा निर्वाचन हुने सम्भावना प्रबल बनेको हो । आज बिहान ९ बजेबाट उम्मेदवार मनोनयनको कार्यक्रमको सूचि प्रदेश कमिटीले सार्वजनिक गरिसकेको छ । उम्मेदावरहरु मनोनयनको तयारी गरिहरेका छन् ।

अध्यक्षको लागि हालसम्म मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, नुवाकोटका केशव पाण्डेले हालसम्म दाबी छाडेका छैनन् । अन्य उम्मेदवारहरुले केहि लचकता देखाएको एमाले श्रोतको दाबी छ ।

उपाध्यक्षको लागि मकवानपुरका अनन्तप्रसाद पौडेल, सुभाष चन्द्र ठकुरी, चितवनका दावा लामा, काठमाण्डौँका केशव पोखरेल, दोलखाका ईश्वरचन्द्र पोखरेल, काभ्रेका कुमार खकुरेल लगायतको उम्मेदवारी दिने चर्चा रहेको छ ।

अधिवेशनको सन्दर्भमा नेपाल प्रेससँग कुरा गर्दै नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देलले आम कार्यकर्ताको चाहाना सकेसम्म सर्वसम्मत रहेको बताए । तर सर्वसम्मतको नाममा कतैको हस्तक्षेप स्वीकार्य नहुने उनको भनाई रहेको छ ।

सचिवको लागि सचिवमा सिन्धुपाल्चोकका सुवास कर्माचार्य, हस्त पण्डित, चितवन बिजय सुवेदी, काठमाडौंकी रत्ना गुरुङलगायतको नाम चर्चामा रहेकाे छ ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर