यस्तो छ एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी – Nepal Press

यस्तो छ एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीले जनाएको छ । कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने उक्त अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको र अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष ओली नेपालगन्ज विमानस्थल झरेर गाडीमार्फत सुर्खेत आउने जानकारी दिए ।

रत्नराजमार्ग अवलोकन गर्दै अध्यक्ष ओली सुर्खेतमा हुने अधिवेशनको बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने शाहले बताए । कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुनेछन् ।

अधिवेशनलाई अवसरको रुपमा लिएको र तयारीका लागि एमाले प्रदेश तहको सम्पूर्ण शक्ति लागिरहेको जनाउँदै शाहले भने, ‘कर्णाली प्रदेशमा नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने प्रयास छ ।

अधिवेशनमा पार्टी महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

यस्तै, अधिवेशनमा १० जिल्ला र मोर्चासंगठन बाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा १९५ जना महिला र ४०७ पुरुष रहनेछन् । जसमध्ये ७३ जना पुरुष र ३८ महिला गरी १११ जना दलित प्रतिनिधित्व रहनेछ ।

जसमा जिल्लागत प्रतिनिधित्व (भूगोल अन्र्तगत) सुर्खेतबाट ११२, जाजरकोट ७५, दैलेख ७४, कालीकोट ६५, हुम्ला ४८, जुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुमपश्चिम २३ गरी ५५४ जना र विभिन्न २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ ।

साथै, विहीवारे विहान ८ बजेदेखि बन्दसत्र शुरु हुनेछ । बन्दसत्रले पार्टीको राजनीतिक,सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ, भने ५ जना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । (५) अधिवेशनको उदघाटन सत्रमा कम्तीमा ५ हजार जनसहभागिता रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर