समूहको बैठकमा कानूनमन्त्रीको गुनासो- पार्टी नेतृत्वबाट दबाब आयो, खुलेर साथ पाइनँ – Nepal Press

समूहको बैठकमा कानूनमन्त्रीको गुनासो- पार्टी नेतृत्वबाट दबाब आयो, खुलेर साथ पाइनँ

काठमाडौं । कानूनमन्त्री धनराज गुरुङले समूहको बैठकमा सरकारले राम्रो काम गर्दा पार्टीबाट खुलेर सहयोग नपाएको गुनासो गरेका छन् । नेता डा. शेखर कोइरालाले राखेको इतर पक्षको बैठकमा मन्त्री गुरुङले पार्टी नेतृत्वले खुलेर साथ नदिएको बताएका हुन् ।

मन्त्री गुरुङको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सरकारको उच्च मनोबलले काम गर्ने कुरामा पार्टीको पनि साथ र सहयोग आवश्यक छ । पार्टी खुलेरै साथ दिने हिसाबले निस्कनुपर्‍यो । बाहिर टीकाटिप्पणी भएको जस्तो होइन । हामी पनि सरकारलाई सफल बनाउन लाग्नुपर्छ ।’

न्यायाधीश नियुक्तिदेखि भ्रष्टाचार छानबिनको विषयमा कुनै गलत काम नगरेको बताए ।

मन्त्री गुरुङले पार्टी सभापतिबाट आफ्नो काममा हस्तक्षेप प्रयास भएको पनि बैठकलाई जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर