मोबाइल एप्लिकेसनको सेटिङ बिग्रिएर हैरान हुनुहुन्छ ? गर्नुहोस् ‘रिसेट एप प्रिफिरेन्सेस’ – Nepal Press

मोबाइल एप्लिकेसनको सेटिङ बिग्रिएर हैरान हुनुहुन्छ ? गर्नुहोस् ‘रिसेट एप प्रिफिरेन्सेस’

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरूले ‘रिसेट एप प्रिफिरेन्सेस’ सेटिङ सुनेको हुनुपर्छ । यदि सुन्नु भएको छैन भने पनि आज यसका बारेमा हामी केही थाहा पउँनेछौँ ।

एन्ड्रोइड फोनहरूमा एउटा सेटिङ रहेको हुन्छ ‘रिसेट एप प्रिफिरेन्सेस’ । यो धेरैलाई थाहाँ हुन पनि सक्छ । नहुन पनि सक्छ । ‘रिसेट एप प्रिफिरेन्सेस’ गर्दा मोबाइलमा भएको कुनै पनि फोटो/भिडियो तथा डेटाहरू डिलिट हुँदैन । यसले केबल एप्लिकेसनहरुमा भएको परिवर्तन अर्थात् एप्लिकेसनको सेटिङ्स बिग्रिएको भए सच्याउने गर्दछ ।

हामीले कुनै पनि एप्लिकेसनको सेटिङहरूलाई चलाएका अथवा परिवर्तन गरेका हुन्छौँ । एप्लिकेसनहरुको सेटिङ परिवर्तन भइरहेको हुन्छ । पछि आफैलाई उक्त परिवर्तन भएको सेटिङले हैरान गरिरहेको हुनसक्छ । पुरानै सेटिङ ठिक थियो भन्ने पनि लाग्न सक्छ । कतिपयले सेटिङ परिवर्तन भएर पुन सेटिङ मिलाउन नसक्दा मोबाइल नै ‘फरमेट’ अर्थात् मोबाइलका सबै डेटाहरू डिलिट गर्ने गरी रिसेट गर्ने गर्दछन् । मोबाइलभित्रै रहेको एउटा सेटिङ्स बाटै सबै बिग्रिएका अथवा परिवर्तन भएका सेटिङहरुलाई पुन नयाँ डाउनलोड गरेजस्तै बनाउन सकिन्छ ।

यसलाई यसरी बुझौँ एप्लिकेसनको सेटिङ जस्तै नोटिफिकेशन अफ, ब्यकग्राउन्ड डेटा अफ अथवा बन्द गरेका छौँ । त्यो जानी जानी अथवा अनजानमा भएको हुनसक्छ । यसरी जानेर होस या अनजानमा एप्लिकेसनको सेटिङमा गरिएको छेडछाड अथवा सेटिङ्स परिवर्तनलाई पुन उस्तै अर्थात् पुन मिलाउनका लागि ‘रिसेट प्रिफिरेन्सेस’ गरिन्छ ।

कसरी गर्ने ‘रिसेट एप प्रिफिरेन्स’ ?

सबैभन्दा पहिले मोबाइलको सेटिङ्समा जानुपर्ने हुन्छ । सेटिङ्समा तलमाथि हेर्दा ‘सिस्टम’ नामक अप्सन खोज्नुपर्न हुन्छ । उक्त सिस्टम अप्सनभित्र ‘रिसेट अप्सन’ नामक अर्को अप्सन रहेको हुन्छ । उक्त अप्सनमा गएपछि भित्र ‘रिसेट एप प्रिफिरेन्सेस’ नाम अप्सन देखिन्छ ।

यदि सेटिङ्समा माथि उल्लेख गरेको अप्सन नभेटिएमा सिधै सेटिङ्समा रहेको सर्च बारमा गएर सिधै ‘रिसेट एप प्रिफिरेन्सेस’ सर्च गर्दा त्यहाँबाट पनि जान सकिन्छ ।

‘रिसेट एप प्रिफिरेन्सेस’ सेटिङ अप्सनमा क्लिक गर्दा के के हुन्छ यस सेटिङबाट भनेर उल्लेख गरिएकै हुन्छ । हामीले उक्त सेटिङमा ‘रिसेट एपस’ लाई कनफर्म गर्नै बित्तिकै सबै एप्लिकेसनमा परिवर्तन भएका अथवा बिग्रिएका सेटिङ्सहरु पुन नयाँ जस्तै बन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर