सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ पक्राउ – Nepal Press

सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ पक्राउ

काठमाडौं । ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

‘उनीहरुलाई आज म्याद थप हुँदै छ’, उनले भने । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।

राजस्व अनुसन्धान विभागले सुरुमा अनुसन्धान गरेको यो प्रकरणमा पछि सीआईबीलाई जिम्मा दिइएको थियो ।

 


प्रतिक्रिया

One thought on “सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ पक्राउ

  1. सुनको मालिक भारतीयलाई छोडेर के नाटक गरिरहेको नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *