ग्लोबल टी २० लिग : दीपेन्द्र आवद्ध मोन्टरियल टाइगर्सले ब्यहोर्‍यो ९ विकेटको हार – Nepal Press

ग्लोबल टी २० लिग : दीपेन्द्र आवद्ध मोन्टरियल टाइगर्सले ब्यहोर्‍यो ९ विकेटको हार

काठमाडौं । दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्टरियल टाइगर्सले ग्लोबल टी २० लिगमा ९ विकेटको हार ब्यहोरेको छ ।

बिहान सम्पन्न खेलमा दीपेन्द्रले दोस्रो ठूलो स्कोर २४ रन बनाए पनि टीमले ठूलो हार ब्यहोर्‍यो ।

टाइगर्सले १८.३ ओभरमा जम्मा ९९ रन मात्रै बनाउन सक्यो । टीमका लागि मोहम्म वासिमले सर्वाधिक २८ रन बनाएका थिए ।

यसैगरी दिलप्रित सिंहले १४ रन बनाउँदा आन्द्रे रसेलले १२ रन मात्रै बनाए ।

टाइगर्सलाई रोक्ने क्रममा भानकुभरको रुवेन ट्रम्पम्यान र जुनेद सिद्दिकीले तीन तीन विकेट लिँदा क्रोविन बोस्चले २ विकेट हात पारे ।

१०० रनको सामान्य रनको लक्ष्य पछ्याएको भानकुभरले १४.५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको हो ।

रिजवानले नटआउट ६८ रन बनाउँदा बोस्चले २८ रनको पारि खेले । मोन्टरियलका आन्द्रे रसेलले १ विकेट लिए । बलिङमा भने दीपेन्द्रले मौका पाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *