क्यालफोर्नियाको सडकमा देखिइन् निर्वस्त्र महिला, चलाइन् अन्धाधुन्ध गोली – Nepal Press

क्यालफोर्नियाको सडकमा देखिइन् निर्वस्त्र महिला, चलाइन् अन्धाधुन्ध गोली

काठमाडौं । क्यालिफोर्नियाको व्यस्त सडकमा बेलुकी करिब साढे चार बजे एक निर्वस्त्र महिला देखा परिन् । सान फ्रान्सिस्को बे ब्रिजमाथि मानिसहरु हतारिँदै आआफ्नो कामममा हिँडरहेका थिए ।

निर्वस्त्र महिलाको हातमा बन्दुक थयो । उनले अन्धाधुन्ध गोली चलाउन थालिन् । कसैले ९११ मा प्रहरीलाई खबर गर्यो ।

तत्कालै क्यालिफोर्निया हाइवे पेट्रोलबाट प्रहरी आएर महिलालाई नियन्त्रणमा लिए । प्रहरीहरु आउँदा ती महिलाले आफ्नै सवारीसाधनलाई सडकमा तेस्र्याएर बाटो ब्लक गरिरहेकी थिइन् । प्रहरीले ती महिला मानसिक समस्या रहेको अनुमान गरेको छ । उनले आफ्नो कारबाट निस्किएर हावामा तथा गाडीमा रहेका मानिसहरुमाथि ह्याण्ड गन चलाएकी थिइन् ।

प्रहरीले बुलेटिनमा भनेको छ, ‘हामीले उनलाई निर्वस्त्र अवस्थामा भेट्यौं । उनी आफ्नो बायाँ कुम समातेर उभिएकी थिइन् । प्रहरीले निशस्त्रीकरणको प्रविधि अपनाए र महिलालाई आफ्नो बन्दुक खसालेर आत्मसमर्पण गर्न लगाए ।

महिलाको हर्कतले सान फ्रान्सिस्को बे ब्रिजमा निकैबेरसम्म आवागमनमा अवरोध पुगेको थियो । बेलुकी करिब पौने ६ बजे मात्रै पुलको आवागमन सुचारु भयो ।

प्रहरीका अनुसार महिलाको गोली प्रहारबाट धेरैवटा सवारीसाधनमा क्षति पुगेको छ । तर, मानिसहरुलाई चोटपटक लागेको छैन । महिलालाई पक्राउ गरी एम्बुलेन्सबाट अस्पताल लगिएको छ । उनको पहिचान भएको छैन । अहिले उनलाई अस्पतालको मानसिक वार्डमा राखिएको प्रहरीले जनाएको छ । स्वास्थ्य परीक्षण पूरा भएपछि उनलाई हिरासतमा राखेर अनुसन्धान गरिने छ ।

घटनाको भिडिओ एकजना ड्राइभरले मोबाइलमा कैद गरेका थिए । भिडिओमा महिलाले कम्तिमा दुईपटक फायर गरेको देखिन्छ । एउटा गोली आकाशतिर गएको छ भने अर्को नजिकै आइरहेको कारको झ्यालमा लागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर