मेक्सिकोमा अपराधसम्बन्धी रिपोर्ट गर्ने पत्रकारको हत्या – Nepal Press

मेक्सिकोमा अपराधसम्बन्धी रिपोर्ट गर्ने पत्रकारको हत्या

काठमाडौं । मेक्सिकोमा अपराधसम्बन्धी रिपोर्ट गर्ने पत्रकारको हत्या भएको छ । शनिबार नेल्सन म्याटुस नामका पत्रकारको हत्या भएको जर्मनीको विश्व च्यानल डीडब्ल्यूले उल्लेख गरेको छ ।

मेक्सिकोको पर्यटकीय क्षेत्र आकापुल्कोमा शनिबार नेल्सनको गोली हानी हत्या गरिएको हो । पत्रकार नेल्सन आफ्नो कारमा यात्रा गर्ने क्रममा हत्या गरिएको बताइएको छ ।

पत्रकारितामा डेढ दशक बिताएका नेल्सनले मेक्सिकोको अपराध क्षेत्रमा प्रभावशाली रिपोर्टिङ गरेको डीडब्ल्यूले उल्लेख गरेको छ । मेक्सिकोमा रेड जर्नलिजम भनेर चिनिने अपराध, हिंसा र विपत्तबारेमा नेल्सनले रिपोर्ट गरेका थिए ।

नेल्सनको हत्या हुनु एक हप्ता अगाडि मेक्सिकोमा एक अर्का व्यवसायिक पत्रकार लुइस मार्टिन सान्चेसको पनि हत्या भएको थियो । मेक्सिको पत्रकारको लागि धेरै असुरक्षित देश मानिन्छ । पछिल्ला २३ वर्षमा १५० पत्रकारहरुको हत्या गरिएकोमा गत वर्षमात्रै १३ पत्रकार मारिएको मेक्सिको सरकारको तथ्यांक भएको डीडब्ल्यूले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *