सुदूरपश्चिम स्पोर्टस् अवार्ड: वर्ष खेलाडी भए दीपेन्द्र र वर्षा – Nepal Press

सुदूरपश्चिम स्पोर्टस् अवार्ड: वर्ष खेलाडी भए दीपेन्द्र र वर्षा

कैलाली । चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष महिला खेलाडीको अवार्ड वर्षा ओलीले हात पारेकी छन् ।

हिमालयन डेन्टर केयर वर्ष महिला खेलाडीको अवार्ड पाउने ओली फुटबल खेलाडी हुन् । यू-१७ साफ च्याम्पियनसिप खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

यस विधामा क्रिकेटकी विन्दू रावल र एथलेटिक्सकी राजपुरा प्रसाईं पनि मनोनयनमा परेका थिए ।

त्यस्तै सञ्जीवनी अस्पताल वर्ष पुरुष खेलाडीको अवार्ड दीपेन्द्रसिंह ऐरीले पाएका छन् । उनी क्रिकेट खेलाडी हुन् । यस अवार्डका लागि कबड्डीका प्रकाश गिरी र एथलेटिक्सका शिवराज पार्की पनि मनोनयनमा परेका थिए । दीपेन्द्रले पाएको अवार्ड बुझ्न उनकी दिदी गोमा बोहरा स्टेजमा गएकी थिइन् ।

वर्ष खेलाडी दुबै जनालाई जनही ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *