राष्ट्रियसभा सदस्यहरुले संसदभित्रै दही चिउरा खाएर मनाए धान दिवस (तस्विरहरु) – Nepal Press

राष्ट्रियसभा सदस्यहरुले संसदभित्रै दही चिउरा खाएर मनाए धान दिवस (तस्विरहरु)

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले दही चिउरा खाएर धान दिवस मनाएका छन् ।

राष्ट्रियसभाको बैठकअघि अध्यक्ष गणेश तिमल्सिना, अर्थमन्त्री डा. प्रकाशशरण महत, कानूनमन्त्री धनराज गुरुङसहित सांसदहरुले दही चिउरा खाएर धान दिवस मनाएका हुन् ।

मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले पनि मनाउने चलन छ ।

असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने प्रचलन छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

कृषिसहित सबै पेसा व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर