सिन्धुपाल्चोकको पाँचपोखरीका दुई क्रिकेट खेलाडी तालिमका लागि भारत प्रस्थान – Nepal Press

सिन्धुपाल्चोकको पाँचपोखरीका दुई क्रिकेट खेलाडी तालिमका लागि भारत प्रस्थान

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाँउपालिकाले आफ्नो पालिकाका दुई क्रिकेट खेलाडीलाई थप तालिमका लागि भारत पठाएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट संघको समन्वयमा तालिममा पठाइएकोे सिन्धुपाल्चोक क्रिकेट संघका अध्यक्ष विजयकुमार धितालले जानकारी दिए ।

सार्थक बागमती प्रदेशका अण्डर १६ कप्तान भैसकेका तथा राष्ट्रिय टीमको अण्डर १६ को बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन पाँचपोखरी थाङपाल ३ का पासाङ जिल्लाबाट प्रदेशको खेल खेल्ने गर्दछन् ।

भारतको बहु प्रतिष्ठित रणजी ट्रफी समेत खेलिसकेका खेलाडी पुनित मेहराद्वारा प्रशिक्षण गराउने कल्का क्रिकेट एकेडेमीमा ३ महिनासम्म ट्रेनिङको लागि आज औपचारिक रूपमा गाउँपालिका अध्यक्ष टाँसी लामाले शुभकामनासहित बिदाइ गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *