वाग्नर काण्डबारे अमेरिकालाई अग्रीम सूचना थियोः न्यूयोर्क टाइम्स – Nepal Press

वाग्नर काण्डबारे अमेरिकालाई अग्रीम सूचना थियोः न्यूयोर्क टाइम्स

काठमाडौं । रुसी सेनासँग विद्रोह प्रयास गरेर अन्तिममा पछि हटेको भाडाका सैनिक खटाउने वाग्नर काण्डका बारेमा अमेरिकालाई अग्रीम जानकारी भएको दाबी गरिएको छ ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले रुसलाई फाइदा हुने देखिएकाले अग्रीम जानकारी अमेरिकाले नदिएको रिपोर्ट गरेको छ ।

न्यूयोर्क टाइम्समात्रै होइन अमेरिकी विश्व च्यानल सीएनएनले पनि वाग्नर काण्डबारेमा अमेरिकी अधिकारीहरुलाई अग्रीम जानकारी भएको उल्लेख गरेको छ ।

अमेरिकी मिडियाका यी रिपोर्टहरु रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर