के मानव नस्ल समाप्तिको संघारमा छ ? – Nepal Press

के मानव नस्ल समाप्तिको संघारमा छ ?

अन्तर्राष्ट्रिय महिला दिवसको दिन एकाबिहानै सामाजिक सञ्जालमा महिलाहरुको एक समूहमा एउटा भिडियो आयो । भिडियोमा गाई फार्म अगाडि फलामको बारभित्र राखेर गाईलाई दर्दनाक तरिकाले साँढे लगाइँदै गरेको दृश्य थियो । भिडियोमा त्यो दृश्य देखिरेही एक महिला रुँदै भनिरहेकी हुन्छिन्- यस्तो अपराध गर्ने तिमीहरुलाई पाप लाग्छ । यो जबरजस्ती करणी गरेभन्दा पनि ठूलो अपराध हो ।

भिडियो हेर्ने अधिकांशले ती महिलाको भनाइप्रति सहमति जनाएका थिए । तर, त्यस बीचमा एक जना पुरुषले भनेका छन्- त्यो गाईलाई गरिएको व्यवहार र हाम्रा आमाहरुले भोगेको अवस्थामा फरक छ र ? ती सज्जनको सुझबुझमा समाज आइपुग्ने हो भने मानव जगतले शान्तिको ठूलो फड्को मार्न सक्थ्यो ।

त्यसो भए के हाम्रो समाज पूर्ण कृत्रिम हो ? हो भने प्रकृति के हो त ? अनि प्रकृतिलाई विस्थापित गरेर यस्तो कृत्रिमता कसरी आयो ? आउनुस् यस आलेखमा मान्छेमा हराउँदै गएको प्राकृतिक गुण र त्यसको प्रभावमा बनेको सामाजिक व्यवहारबारे चर्चा गरौं ।

पहिले पहिले हाम्रो समाजमा गाईलाई बाँध्न हुँदैन, बाँध्यो भने पाप लाग्छ भनिन्थ्यो । किन त्यसो भनिएको होला भनेर जान्न साँढेको सम्पर्कमा पुग्नुअघिको वयस्क कोरली गाईको चाल कस्तो हुन्थ्यो भनेर बुझ्नु आवश्यक छ ।

हामीमध्ये धेरै जनासँग गाई चराएको अनुभव पक्कै छ । झण्डै २० वर्ष अघिसम्म गाईवस्तुलाई बथानमा चराइन्थ्यो । यस्तो बथानमा भएकी एक कोरली जब गाई बन्न तयार हुँदै हुन्छे या आमा बन्नलाई आफू सक्षम भएको जब उसले महसुस गर्न थाल्छे तब आफ्नो चरनमा आफूलाई उपयुक्त हुने बहरको खोजी गर्छे । आफ्नो चरनमा नभए अरु अरु चरनमा जान्छे । चरनमा गाईवस्तुको ठूलो बथान हुन्छ । त्यस्तो बथानमा ऊ बहर र साँढेहरुलाई आकर्षित गर्न एकखालको गन्ध छोड्छे । अनि छेउमा आएका ती बहरहरुलाई परख गर्छे । यस्तै बथान चहार्दाचहार्दै उसले महिना दिन पनि बिताउन सक्छे ।

गाई फार्म जस्तै मान्छेका स्त्रीहरुको पनि फार्म छ । विकास र सभ्यताको नाममा मान्छेमा पनि क्लोनिङ भैरहेको छ त्यो पनि सदियौंदेखि । फरक यतिमात्र हो गाई (जनावर)को फार्मिङ मान्छेले गर्छ भने मान्छेको फार्मिङ मान्छेले नै गरिरहेको छ ।

लामो परख गरेपछि उसको शारीरिक तयारी (सन्तानलाई दूध उत्पादन गर्ने क्षमता, शारीरिक भार वहन गर्ने क्षमता आदि)का आधारमा लायक बहरको चयन गर्छे र बहरको अगाडि गएर समागमको लागि स्वीकृति दिन्छे । उसलाई जैविक विस्तार गर्न प्रकृतिले दिएको यो यौन चेतना हो । गाईमात्र होइन, सबैजसो पशुहरु आफ्नो ऋतु सुरु भएपछि आफैंमा उत्पन्न हुने यौन वासनाले आफैं नजिक पुग्छन् र समागम गर्छन् ।

त्यसको लागि मौरीको रानोले भालेको छनोट कसरी गर्छ भनेर पनि हेर्न सक्छौं । जब रानो मौरी समागमको बेला भएको महसुस गर्छे तब ऊ एक प्रतिस्पर्धात्मक उडान भर्छे । उनको यो उडानमा सयौ भाले मौरीहरु रानोलाई भेटेर समागम गर्न पछिपछि उड्छन् । तब ऊ झन छिटो उडान भर्छे । किनकि लाखौं अण्डा दिन तयार हुँदै गरेकी रानो मौरी कुन भाले मौरी उसका बच्चाको बाबु बन्न सक्षम छ भनेर परख गरिरहेकी हुन्छे । अनि त्यति धेरै भाले मौरीबाट जुन भाले मौरी आफू जत्तिकै उडान भरेर ऊ नजिक आउँछ, उसैसँग आकाशमै समागम गर्छे र आमा बन्छे ।

यो सबै कृत्य उनीहरुको शरीरमा उत्पन्न भएको प्राकृतिक खिचावले गरिरहेको हुन्छ । मतलव आफूमा कस्तो बीउको उर्भरता छ, कस्तो भाले (बहर) खोज्ने, कुन समयमा खोज्ने भन्ने कुरा प्रकृति प्रदत्त हुन्छ । त्यसैले बीउको खोजीमा निस्कने कोरली या रानी मौरीले यो सब आफ्नो बुद्धिले नभएर प्रकृतिले दिएको भूमिका निर्वाह गरेकी हो ।

तर, विडम्बना आज मानिसले गाईहरुको प्रजनन जीवन पनि आफ्नो बुद्धिको मातहत राखेकाले गाईले त्यसरी गर्भधारण गर्दैनन् या गर्न दिँदैनन् । गाईलाई बाँधिन्छ । बाँध्नेमात्र होइन गाई फार्म बनाएर फलामका बारमा राखेर जबरजस्ती अनेक खालका साँढे लगाइन्छ । अझ आफूलाई कति दूध वा मासु चाहिन्छ, सोहीअनुसारका नस्लका साँढे पनि होइन, उसको बीर्य सुईबाट दिइने गरिन्छ । मान्छेलाई कस्तो जातका गाई चाहिएको हो, त्यस्तै बनाएर दूध निकाल्छ । बाच्छाबाच्छीलाई आमाको दूधसमेत खान दिइँदैन । कति बाच्छाबाच्छी त जन्मने बित्तिकै मासुका लागि पठाइन्छ । किनकि धेरै दूध निकाल्नु र दूध दिन छोडेपछि मासु बेचेर पनि पैसा कमाउनु मानिसको उद्देश्य हुन्छ ।

यसरी गाईको प्राकृतिकता टुटाएर गर्ने कार्यलाई क्लोनिङ भनिन्छ । त्यसको पछिल्लो उदाहरण हो- एक वर्षमा १८ टन दूध दिने चीनले भर्खरै क्लोनिङ गरेर बनाएको ‘सुपर काउ’ । (‘सोमेटिक सेल न्युक्लियर ट्रान्फर’ सुपर काउ २०२३ चाइना) ।

यस्तो प्रविधिबाट मान्छेले धेरै दूध पायो र पुष्ट गाईको मासु पनि पायो । तर, यसले संसारबाट गाईका प्राकृतिक प्रजाति भने नष्ट भयो । मतलब अब प्राकृतिक गाई छैनन् । संसारमा मात्र वर्णशंकर (हाइब्रिड) गाईहरु छन् । जो फार्मबाट तयार भएका हुन् ।

मान्छेले प्रकृतिको त्यो स्वचालित नियम रोकेर समाज नामको फार्म बनाएको छ र त्यसमा विवाहको फ्रेम तयार गरी स्त्रीका प्राकृतिक नियम रोक्दै मातृत्वमाथि नियम निर्धारण गरिएको छ ।

तर, के आज गाईको मात्र फार्म छ र गाईमा मात्र क्लोनिङ भइरहेको छ ? विल्कुलै होइन । गाई फार्म जस्तै मान्छेका स्त्रीहरुको पनि फार्म छ । विकास र सभ्यताको नाममा मान्छेमा पनि क्लोनिङ भैरहेको छ त्यो पनि सदियौंदेखि । फरक यतिमात्र हो गाई (जनावर)को फार्मिङ मान्छेले गर्छ भने मान्छेको फार्मिङ मान्छेले नै गरिरहेको छ ।

त्यो कसरी भन्नु होला ! मातृत्व भनेको नै आमा बन्ने प्राकृतिक स्वच्छन्दता हो । भ्रुण जताबाट आए पनि त्यस बीजको क्षमताअनुसार मातृत्व भरेर हुर्काउने प्राकृतिक गुण उसमा हुन्छ । मतलब आमा बन्न ऊ सक्षम छ र भाले छान्ने प्राकृतिक शक्ति उसमा निहित छ ।

तर, मान्छेले प्रकृतिको त्यो स्वचालित नियम रोकेर समाज नामको फार्म बनाएको छ र त्यसमा विवाहको फ्रेम तयार गरी स्त्रीका प्राकृतिक नियम रोक्दै मातृत्वमाथि नियम निर्धारण गरिएको छ ।

जसरी कोरलीले आफ्नो शरीर कहिले आमा बन्न तयार छ र कस्तो बहर आफ्नो लागि उपुयक्त छ भन्ने छनोट गर्ने प्राकृतिक गुण लिएर आएकी छ, त्यसैगरी प्रकृतिले आमा बन्न दिएको प्राकृतिक गुण हर स्त्रीमा निहित छ । तर, मातृत्वको रुपमा प्राप्त त्यो शक्ति समाज नामको फार्म बनाएर विवाहको फ्रेमभित्र राखी आफूखुशी प्रयोग भयो । अर्थात् मानव नस्लमा क्लोनिङ गरियो ।

मान्छेमा हुने क्लोनिङ गाई फार्ममा जस्तो मात्र नभएर त्योभन्दा अझ क्रूर प्रकारको छ । यसले महिला कस्तो बीउ ऊ आफ्नो भूमिमा उब्जाउन चाहन्छे भन्ने प्रकृतिको स्वचालित तरिका त थुनिएको छ नै । उल्टो बाउ प्रमुख भएर ऊ पो आफैं स्त्री खोज्न हिंड्छ । त्यो पनि उसको यौन कुण्ठा पूरा गर्ने बुद्धि लगाएर ऊभन्दा कम उमेरकी, कम तौलकी, शारीरिक सुन्दरता भएकी खोज्छ । अनि त्यसलाई पनि फेरि विवाहको फ्रेममा राख्छ र ऊभन्दा अर्को कुनै पुरुषसँगको बीज लिनै हुन्न भन्ने नियम बनाउँछ ।

अनि यो मानव फार्म चलाइराख्न केसम्म गर्छ भने प्रभुले पुरुष बनाए र त्यो पुरुषको करङबाट स्त्री बनाए (बाइवल) जस्ता झूटा कुरा लेखाएर पढाउँछ । अनि त्यही पढेर हुर्केका अरस्तु(पुरुष) जस्ता विद्वान तयार गर्छ र ‘स्त्रीहरु गुणको कमीको कारण स्त्री बन्दछे’ भन्ने झूटा कुरा खुलेआम लेखाउँछ र सहजै फैलाउँछ ।

मान्छेमा हुने क्लोनिङ गाई फार्ममा जस्तो मात्र नभएर त्योभन्दा अझ क्रूर प्रकारको छ । यसले महिला कस्तो बीउ ऊ आफ्नो भूमिमा उब्जाउन चाहन्छे भन्ने प्रकृतिको स्वचालित तरिका त थुनिएको छ नै । उल्टो बाउ प्रमुख भएर ऊ पो आफैं स्त्री खोज्न हिंड्छ ।

यसो गर्दा मात्र स्त्री प्रभावित छ जस्तो देखिए पनि यसबाट स्त्रीमात्र नभएर सिङ्गो मानव समाज प्रभावित छ । किनकि क्लोन गरिएका ठिमाहा आमाबाट प्राकृतिक(अब्बल) सन्तान(छोराछोरी) उत्पादन गर्न सकिँदैन । आजका मान्छे प्रकृतिले नभएर तिनै क्लोन गरिएका स्त्री (मेसिन)बाट जन्माइएका वर्णशंकर (हाइब्रिड) हुन्, जो समाजको फाइदाको लागि काम गर्ने अर्को मेसिनमात्र हुन् । अनि त्यो मेसिन पनि कुन समय चलाउने, कसले कतिपटक चलाउने हर निर्णय फार्म(समाज) सञ्चालक(पुरुष)को हुन्छ ।

खासमा स्त्रीको स्त्रीत्व या मातृत्व दबाइएको बाहिर देखिने भन्दा पनि भित्र तयार प्राकृतिक दमन या चित्कार हो । जुन त्रासमा उत्पादन हुने विरुवा स्वस्थ हुनै सक्दैन । त्यसैले यस मानव फार्मबाट निस्किएका यस्ता हाइब्रिड मान्छेहरुमा न कुनै मानवीयता छ, न कुनै विलक्षणता न त कुनै बुद्धत्व । त्यसैले जसरी क्लोन गरिएका गाईको बाच्छाबाच्छी या आफैं बीउ दिने र राख्ने हैसियत नभएका ठिमाहा हुन्छन् । त्यस्तै मान्छेका फार्ममा तयार भएका मान्छे पनि त्यति नै हाइब्रिड(ठिमाहा) छन् । जो मान्छेका गुण कम एक हिंस्रक प्राणीको गुण ज्यादा भएका छन् ।

अचम्म त के छ भने अनेक धर्मको नाम दिएर अनेक सम्प्रदायमा विभाजन भए पनि यस्तो फार्म तयार गरेर स्त्रीको क्लोनिङ गर्ने काममा भने संसारभरका पुरुषहरु एकै ठाउँमा छन् । संसारभरका हरेक सम्प्रदायमा स्त्री फार्म उसैगरी चलेको छ । फरक यति मात्र छ कसैको क्लोनिङ फार्मको नियम कडा छ त कसैको खुकुलो ।

एक आमालाई छोरा होस् या छोरी जन्माउँदा उत्तिकै मातृत्व बहन गर्नुपर्ने हुन्छ । तर, त्यस फार्म(समाज)लाई जे चाहिएको छ, त्यो आधारमा उसले बच्चा पाउनुपर्छ । समाजलाई बाहुबलको खाँचो छ । त्यसैले छोरा पाउन लगाउँछ र छोरी पेटभित्रै मारिदिन्छ । कहिले भन्छ छोरीको त खुब माग छ, अब छोरी पाउँ । कहिले जनसंख्या बढ्यो जन्माउन रोक भन्छ । आमाले दुबै सन्तान उत्तिकै पीडामा जन्माउँछे । छोरालाई अंश, थर पनि दिन्छ । तर, छोरीलाई केही नदिने नियम बनाउँछ । मतलब साराको सारा उही फार्मबाट नियन्त्रित छ, न कि प्रकृतिबाट ।

कतिसम्म गर्छ भने जन्मन्छ उनै स्त्रीबाट उनैको काखमा हुर्कन्छ । तर, सबै ठाउँमा निर्णायक आफू हुने संयन्त्र तयार गरेर ऊ पो उनले के के गर्ने के नगर्ने भन्ने दायरा तयार गर्छ । अनि त्यो दायराभन्दा बाहिर जान नदिन अनेक नियम बनाउँछ । त्यसका केही उदाहरण हेरौं ।

जसरी क्लोन गरिएका गाईको बाच्छाबाच्छी या आफैं बीउ दिने र राख्ने हैसियत नभएका ठिमाहा हुन्छन् । त्यस्तै मान्छेका फार्ममा तयार भएका मान्छे पनि त्यति नै हाइब्रिड(ठिमाहा) छन् । जो मान्छेका गुण कम एक हिंस्रक प्राणीको गुण ज्यादा भएका छन् ।

चीनमा वयस्क हुञ्जेलसम्म स्त्रीहरुको खुट्टा फलामको फ्रेममा राख्ने चलन थियो । जुन कुराको जानकारी दिने फलामको जुत्ता आज पनि म्युजियममा राखिएको छ । जुन कुरा इन्टरनेटमा पनि पाउन सकिन्छ । भियतनाममा अहिले पनि स्त्रीहरुले घाँटीमा फलामको रिङ लगाउने चलन कायम छ । अफ्रिकाका देशमा स्त्रीहरुले ओठमा बडेमानको प्वाल पार्नैपर्ने चलन छ । रसिया, ग्रिस, पाकिस्तान, अफगानिस्तान जस्ता देश, खासगरी मुस्लिम, किश्चियन र यहुदी बाहुल्य भएका देशमा वयस्क हुनुअघि स्त्रीको योनीको भंकुर काटिन्छ । जसलाई खतना भनिन्छ । यस्तो चलन यसकारणले बनाइयो कि स्त्रीहरुमा यौन चाहना बाँकी नरहोस् या उस(पुरुष)ले जे भन्छ त्यही गर्ने होस् । स्त्रीहरु यसो गर्न मान्दैनन् । तर, उनीहरुलाई रुवाइ रुवाइ यस्तो गरिन्छ । पुरुषको पनि लिङ्गको छाला काट्ने चलन छ । तर, त्यो स्वेच्छामा हुन्छ ।

सन् १९९६ मा रसियामा कानून नै ल्याएर रोकिए पनि आज पनि ११ प्रतिशत रसियन स्त्रीहरुको खतना गराइन्छ भन्ने तथ्य छ । युनिसेफको तथ्याङ्कअनुसार पछिल्लो पल्ट ३१ देशका २०० मिलियनको खतना गरिएको थियो ।

योनीमात्र हो र ? ऊ त अनुहार पनि कसैलाई देख्न दिँदैन । इस्लामिक देशमा आज पनि बुर्का नलगाएका अर्थात् त्यो पति पुरुषबाहेक अरुलाई मुख देखाएका कारण स्त्रीहरुले गोली खान्छन् । जेल जानुपर्छ । मतलब अझै पनि स्त्रीहरु आफ्नो रहरले आफ्नो मुख पनि देखाउन पाउँदैनन् । पछिल्लो उदाहरण इरानी युवती अमिनी (सन् २०२२ अक्टोबर ४) हुन्, जसलाई हिजाब खुकुलो लगाएको भन्दै त्यहाँको धार्मिक पुलिसले यातना दिएर मारेको थियो ।

युरोपका देशमा हजारौं विधवा स्त्रीहरुलाई डेमन(बोक्सी) भनेर एकै खाडलमा जिउँदै जलाउने क्याथोलिक र प्रोटेष्टेन्टहरुको प्रतिस्पर्धा नै हुन्थ्यो । यसलाई डेमोनोलोजी पुस्तकमा हेर्न सकिन्छ (डेमोनोलोजी, जेम्स फष्ट) । यी सबै स्त्री क्लोन गर्ने फार्मका नियम हुन् ।

भारत वर्षमा मरेपछि पनि पुरुषसँगै सती जान सामाजिक दबाब थियो । इतिहास साक्षी छ, योगनरेन्द्र मल्लका हातमा गनिनसक्ना स्वास्नी सबै सति गएका थिए । किनकि ऊ एक्लै सग्लो बाँच्ने अवस्था हुँदैनथ्यो । पुरुष बलात्कार गर्न या अपहरण गरेर लैजान आतुर हुन्थ्यो र मर्न बाध्य बनाइन्थ्यो । जसलाई वि.स. १९७७ मा चन्द्रशमशेरले ऐन नै बनाएर रोकेपछि बाध्यतामा होइन रहरमा पनि सती जान पाइन्न ।

अझ मुसलमान समुदायमा चारवटा स्वास्नी राख्न पाउने धार्मिक ग्रन्थमा नै लेखाएर राखेका छन् । अनि अनेक नियम बनाएर आज पनि १५-२० वटी स्वास्नी बनाएर घरलाई बच्चा उत्पादन गर्ने गाई गोठ बनाएका छन् ।

मतलब जनावरको भन्दा निम्न जीवन जिउँछन् आज पनि त्यहाँका स्त्रीहरु । यी सबै मातृत्वको प्राकृतिक गुण नियन्त्रण गर्न बनाइएको स्त्रीलाई क्लोन गर्ने तरिका हुन् ।

यौन त पशुमा पनि हुन्छ । उनीहरुको यौन क्रीडाको लागि १२ महिनामा एक ऋतु हुन्छ । तर, मान्छे चौबीसै घण्टा र बाह्रै महिना कामातुर छ । पुरुषले मातृत्वले बोकेर ल्याएको प्राकृतिक गुण मिचेर आफूखुशी बनाएपछि यस्तो कामुक भएको हो । जसको भार आज स्त्रीहरुले भोग्नु परेको छ ।

स्त्रीहरुका लागि फार्मको छुट्टै नियम छ । ऊ यो यो गर, यो यो नगर भनेर तोक्छ । अनि दागा धर्छ, योभन्दा तलमाथि गरिस् भने तँ महिला रहन्नस् । ऊ स्त्रीलाई यस्तो त्रासमा राख्छ । तर, पुरुष आफू भने बलात्कार नभए वेश्यालय चलाउँछ । नभए अनेक स्वानी भेला गर्छ । स्त्रीलाई हरतर्फ त्रासदी उही छ । अनि उही म रक्षक छु भनाउन आउँछ । यसो ऊ किन गर्छ भने पुरुष हुनु विलक्षण हो भन्ने जनाउन चाहन्छ । अनि आफू विलक्षण भएको देखाउन स्त्रेण शक्ति या स्त्रीको प्राकृतिक गुणलाई कतै थन्क्याउन जरुरी हुन्छ । त्यसैले ऊ यस्तो नियम बनाउँछ ।

अधिकांश पुरुषलाई म यो समाज चलाउन परिवारको लागि गरिरहेको छु जस्तो लाग्छ । किनकि यो प्रक्रिया यति धेरै पटक दोहोरिसक्यो कि यो अनुवांशिक भयो । अब त योभन्दा फरक हुँदा चै गलत भएको जस्तो महसुस गर्छन् स्त्री पुरुष नै ।

त्यसैले बाहिर जे भने पनि हरेक पुरुषको भित्र भने बलात्कार गर्नुलाई पुरुषार्थ ठानिरहेको हुन्छ । पुरुषको शक्ति प्रस्फुटित भएको ठान्दछ । त्यसैले धेरै वटीसँग शारीरिक सम्बन्ध राख्ने ध्याउन्नमा हुन्छ । धेरै विवाह गरेर ल्याउनु भित्री कारण म यति धेरैलाई बलात्कार गर्न सक्छु भन्नु नै त हो । अरु कुनै कारण छैन । विवाह गरेर ल्याइएकी एक जनालाई पनि तँलाई यौन क्रीडामा चाहना छ कि छैन भनेर कहाँ सोधिन्छ र ?

अनि यौन त पशुमा पनि हुन्छ । उनीहरुको यौन क्रीडाको लागि १२ महिनामा एक ऋतु हुन्छ । तर, मान्छे चौबीसै घण्टा र बाह्रै महिना कामातुर छ । पुरुषले मातृत्वले बोकेर ल्याएको प्राकृतिक गुण मिचेर आफूखुशी बनाएपछि यस्तो कामुक भएको हो । जसको भार आज स्त्रीहरुले भोग्नु परेको छ ।

अनि यस्तो नियमको प्रतिकार गर्ने स्त्रीलाई त झन फार्मले नियम बनाइदिएको छ- स्त्री पतिव्रता हुनुपर्छ । तर, ऊ भने निर्धक्क सयौं स्वास्नी भेला गर्छ र मर्द भएको जताउँछ । कतिसम्म भने वेश्यालय उही बनाउँछ । स्वास्नी धेरै ल्याउन पनि उसलाई छुट छ । तर, स्त्री पुरुषको नियन्त्रणमा बस्नुपर्छ, पतिसँग भन्दा दोस्रो व्यक्तिसँग शारीरिक सम्बन्ध राख्नु भनेको बेश्या हुनु हो भनेर लेखाउँछ ।

अनि यस्तो दबाबमा रहेका स्त्रीहरुबाट कसरी स्वस्थ बच्चा जन्मन सक्छ ? खासमा बच्चा कस्तो जन्मँदैछ भन्ने कुरा आमाको मानसिक अवस्था कस्तो छ भन्ने कुराले तय गर्छ भनेर आधुनिक विज्ञान पनि सहमत छ । वैदिक विज्ञान त आमा सामान्य चिन्तामा हुँदा पनि दोषयुक्त बच्चाको जन्म हुने बताउँछ । जसको उदाहरण महाभारतमा छ । अम्बिका डराएर आँखा बन्द गरेकाले अन्धा धृतराष्ट जन्मिएको, अम्बालिका अत्यन्त त्रासमा भएकाले पाण्डु रक्तहीन या बिरामी जन्मेका थिए भने दासीसँगको समागम उल्लासमा भएकाले विदुर जस्ता ज्ञानीको जन्म भएको थियो भनिएको छ (महाभारत, प्रथमखण्ड, आदि पर्व, अध्याय १०५, गीताप्रेस) । मतलब एक स्वस्थ बच्चा जन्मन आमा स्वतन्त्र र उल्लासमा हुन जरुरी छ ।

कतिपय मुस्लिम देशमा त स्त्रीलाई अर्को लोग्नेमान्छेसँग शारीरिक सम्बन्धको कुरा छोडौं, दोस्रो लोग्नेमान्छेसँग बोलेमा, आफ्नो नाम भनेमा या बुर्का खोलेर अनुहार देखाएमा पनि मृत्युदण्ड दिन्छ । सार्वजनिक ठाउँमा झुण्डाएर, ढुङ्गाले हानेर मार्छ ।

अनेक धर्मको नाम दिएर अनेक सम्प्रदायमा विभाजन भए पनि यस्तो फार्म तयार गरेर स्त्रीको क्लोनिङ गर्ने काममा भने संसारभरका पुरुषहरु एकै ठाउँमा छन् । संसारभरका हरेक सम्प्रदायमा स्त्री फार्म उसैगरी चलेको छ ।

त्यसैले आजको समाज हाइब्रिड मान्छे उत्पादन गर्ने एक फार्म हो । जसको परिणाम स्त्रेण गुण कम, पौरुष्य गुण अधिक भएका स्त्रीहरु तयार भैरहेका छन् । अनि यस फार्मको नियममा हुर्केकी स्त्रीहरु पनि भोग्य वस्तु बन्ने ख्यालमा आफूलाई शरीरको सुन्दरतामा सजाउँछन् । तिनका सबै व्यवहारहरु पुरुषलाई आकर्षित गर्न नै हुन्छन् । कपडा पनि शरीरको कुन भाग देख्न रहर हुन्छ, त्यतै प्वाल पारेर बनाइएका हुन्छन् ।

यस्तोमा समाजमा आक्रामक हुनु आर्कषक हुनु हो भन्ने ठानिन्छ र मदिरापान गरिन्छ । मानव फार्ममा तयार स्त्रेण गुण हराएका हाइब्रिड स्त्रीहरु र पौरुष्य गुण हराएका पुरुष उत्पादन भएर यस्तो सामाजिक व्यवस्था बनेको हो । किनकि आक्रामक हुनु ठूलो हुनु हो, जीत हुनु हो भन्ने सिकाइएका छन् । हो आजका आक्रामक र हिंसक पुरुष जस्ता स्त्री पनि तिनै मानव फार्मका देन हुन् ।

तर, के मानव समाज सधैं यस्तै थियो त ? सधैं यस्तो थिएन । वैदिक कालका त आमाको प्राकृतिकता कायम थियो । याने कि स्त्री प्रमुख भएका शान्तिप्रिय समाज थियो । स्त्री पुरुषबीच मिलन कसरी हुन्थ्यो भन्ने प्रसंगमा वेदमा एक ठाउँमा लेखिएकै छ-
किर्ययोषामर्यवधुयोः परिप्रीतापन्यसावार्येण ।
भ्रद्रावधूर्भवतियत्सुपेशाः स्वयंसामित्रंवनुतेजर्नेचित् ।।१२।।

अथात, यसको समग्र अर्थ हो- ‘कन्या सुन्दर छ र आभूसित छ भने ऊ पुरुषको झुण्डहरुमा गएर आफूलाई चाहिने साथी खोज्न सक्छे’ (ऋग्वेद, १०, २७, १२ ) ।

मतलब वैदिककालीन समयमा यहाँ पूर्ण मातृप्रधान समाज थियो । त्यसैको प्रभाव खासगरी पूर्वका पनि हिमवत खण्डमा केही समय अघिसम्म पनि मातृ प्रधान समाज भएको प्रमाण आज पनि कायम छन् ।

त्यतिबेला आमा प्राकृतिक भूमिका निर्वाह गरिरहेका थिए । किनकि समाजमा हिंसा थिएन । मातृप्रधान समाज भएर बलात्कार, हत्या हुँदैन भन्ने उदाहरण भारतको मेघालयको खासी जाति हो । जहाँ स्त्री परिवारका प्रमुख हुन्छन् । जहाँ बच्चा जन्माउनेदेखि हुर्काउने लालनपालनसम्म स्त्रीले गर्ने र पुरुष शासकको रुपमा नहुँदा अन्य समुदायको तुलनामा बलात्कार, हत्या जस्ता घटना सबैभन्दा न्यून छन् ।

मानव फार्ममा तयार स्त्रेण गुण हराएका हाइब्रिड स्त्रीहरु र पौरुष्य गुण हराएका पुरुष उत्पादन भएर यस्तो सामाजिक व्यवस्था बनेको हो । किनकि आक्रामक हुनु ठूलो हुनु हो, जीत हुनु हो भन्ने सिकाइएका छन् । हो आजका आक्रामक र हिंसक पुरुष जस्ता स्त्री पनि तिनै मानव फार्मका देन हुन् ।

स्त्रेण गुण जीवनको अकाट्य सत्य हो । किनकि सबैको जन्म स्त्रीबाट हुन्छ । जसले स्त्रेण गुणको शक्ति पहिचान गरे, त्यस समाजमा स्त्रीलाई ईश्वरको रुप मानेर पूजा गरेका छन् ।

केही वर्षअघिसम्म पश्चिमा देशहरुमा विधवालाई डेभिल(बोक्सी) भन्ने अभियान चलाएर हजारौंलाई जिउँदै जलाउने गरिन्थ्यो । त्यहाँ काला जातिका स्त्रीहरुलाई जनावरकै रुपमा व्यवहार गरिन्थ्यो । ती देशहरुमा मातृप्रधान समाज कल्पनामात्र हुन्छ । नेपाल, भारत र यस वरपरका देशहरु पनि आज त तिनै मानव फार्मका साझेदार हुन् । तर, यी देशमा स्त्रेण शक्ति परख गरेको इतिहास थियो भनेर स्त्री शक्तिको पूजाले देखाउँछ । जहाँ महाकाली (दुर्गा), लक्ष्मी र सरस्वतीका रुपमा स्त्रीको पूजा हुन्छ । आज पनि उच्च हिमाली क्षेत्रमा रहेको बहुपति प्रथा र भारतको मेघालयमा खासी जातिका प्रथाहरु सबै मातृप्रधान समाजका अंश हुन् । जापान पनि स्त्रेण गुणको पूजा हुने देश हो । जहाँको सिन्तो धर्म मान्नेहरु देवीको पूजा गर्छन् ।

पूर्वी देशमा मातृत्व प्रमुख भएको समाजको अर्को एक उदाहरण हो स्वयंवर । हाम्रोमा केही समय अघिसम्म बिहे गर्दा ‘स्वयंवर’ गर्ने संस्कृति नै थियो । अर्थात् स्वयं भनेको आफैं वर भनेको लोग्ने । या आफैं (वधु)ले वर छनौट गर्ने परम्परा । स-साना राज्यहरु भएको त्यो समयमा हरेक राज्यबाट सबैभन्दा तेजस्वी नवयुवकहरु विज्ञापन गरेर बोलाइन्थ्यो र तिनैबाट छनोट गरी विवाह गराइन्थ्यो ।

द्रौपदी, दमयन्तीको स्वयंवरबाट विवाह भएका कथा हामीले पढ्यौं । त्यो बेलासम्म विवाहमा प्रेम बाँकी थियो । तर, जब विवाह एक फार्मको रुपमा परिणत भयो तब स्त्री–पुरुष शासक र शासितको रुपमा भए र प्रेमको ठाउँमा द्वन्द्व उत्पन्न भयो । आजसम्म आइपुग्दा मान्छेले मानव फार्म नै बनाएर स्त्रीहरुको हाइिब्रिड(वर्णशंकर) गरिरहेको छ ।

पूर्वीय देशका साधुहरु समाजको यही शासकीय विवाह प्रवृत्तिको विरोधमा समाज छोडेर निस्किएका थिए । उनीहरुको वितृष्णा समाजको शासकीय कोटरीसँग थियो, प्रकृति र मातृत्वसँग होइन ।

आज फार्ममा पालिएका गाईले जसरी आफैं बच्चा जन्माउन सक्दैनन्, बच्चा जन्माउन मान्छेले सुई दिनुपर्छ, जसरी धान, गहुँ, मकैका प्राकृतिक रुपमा उम्रने क्षमता नष्ट गरियो । त्यसैगरी मान्छेको प्राकृतिक नस्ल पनि नष्ट गरियो । हाइब्रिड या ठिमाहा भैरहेका कारण आज फलेका बीउ पुनः उम्रँदैनन्, उम्रेपनि फल दिने क्षमता हुन्न ।

आज फार्ममा पालिएका गाईले जसरी आफैं बच्चा जन्माउन सक्दैनन्, बच्चा जन्माउन मान्छेले सुई दिनुपर्छ, जसरी धान, गहुँ, मकैका प्राकृतिक रुपमा उम्रने क्षमता नष्ट गरियो । त्यसैगरी मान्छेको प्राकृतिक नस्ल पनि नष्ट गरियो । हाइब्रिड या ठिमाहा भैरहेका कारण आज फलेका बीउ पुनः उम्रँदैनन्, उम्रेपनि फल दिने क्षमता हुन्न । जनावरमा पनि साँढे बीउको रुपमा राखिन्न । त्यसैगरी आज पुरुष पनि नचाहिने सुईबाट बच्चा जन्माइने भएको छ र स्त्री-स्त्रीबीच नै विवाह भएको सुन्न पाइन्छ । मतलब हर प्रजननमा हाइब्रिड गरेर प्राकृतिक क्षमता समाप्त पारियो ।

त्यतिमात्र होइन, पछिल्लो समयमा त मेसिनले नै बच्चा उत्पादन गर्ने बनाइएको छ । जसमा न स्त्री चाहिन्छ न त पुरुष । किनकि अधिकांश पुरुष बाउ बन्न नसक्ने र आमा बाँझा छन् । धेरै टाढा जानु पर्दैन, हामीभन्दा अघिल्लो (आमा) पुस्तासम्म १० देखि १५ वटा बच्चा पाउनु त्यति आश्चर्यको कुरा थिएन । आज हामी एउटा बच्चामा रोकिएका छौं । अबको पुस्तामा त कतिमा सन्तान जन्माउने गुण रहला ?

यो मानव नस्ल नष्टको संघारमा छ भन्ने संकेत हो । यसलाई नजिकबाट चियाउन नेपालको २०७८ को जनगणनाको तथ्याङ्क हेरे पनि पुग्छ । जहाँ आमा बन्नयोग्य सात लाख ३६ हजार महिलाले बच्चा पाएनन् भन्ने तथ्य छ । यसलाई यसरी भनौं, झण्डै आठ लाख आमा बन्नयोग्य स्त्री आमा बन्न सकेनन् ।

विश्वको यसअघिको तथ्याङ्कका अनुसार जन्मदर ५० प्रतिशतले घटेको छ । हाम्रो भर्खरै सार्वजनिक जनगणनाको रिपोर्टमा पनि बच्चा जन्माउन मानिसलाई उत्प्रेरित गर्नुपर्ने सुझाइएको छ । कतिपय देशमा जन्मदर माइनसमा पुगिसकेको छ । यसले अबको ५० वर्षपछि जन्मदर शून्य हुने दृश्य देखाउँछ । मतलब यो मानव नस्ल संसारबाट समाप्तिको संघारमा छ भन्ने संकेत हो ।

वेदको आधारमा भन्दा त स्त्री पुरुष भन्दा माथि मान्छे एक जीवमात्र हो । अनि त्यस जीवको नस्ल कायम राख्ने कारण मातृत्व हो । तर, ती बोधहरु एकातिर थन्क्याएर आमाको प्राकृतिक गुण मेटाउन बनाइएको मान्छेको फार्मलाई समाज नाम दिएर हामी आफैं मानव नस्ल नष्ट गरिरहेका छौं । जसको बोध अब पनि भएन भने विस्तारै मान्छेबाट मान्छे नै जन्मन छोड्छ र मानव अस्तित्व समाप्त हुन्छ ।


प्रतिक्रिया

One thought on “के मानव नस्ल समाप्तिको संघारमा छ ?

  1. यो पृथ्वीमा पंच भौतिक तत्व बाहेक अरु एक न एक दिन नाश भएर जानेछन् ।
    अहिलेसम्म देखिएको तथ्य- जो बलियो छ , शक्तिशाली छ र बाँठो छ, उसैको हैकम/शासन/नियम/सिद्धान्त चल्छ ।त्यसैले पुरुष प्रधान समाज चल्यो , चलिरहेको छ बाधा आउँदा द्वन्द्व चल्छ ।
    हजुरले क्लोन शब्दको अर्थ गलत लगाउनु भएको देखेँ । बाँकि सम्पूर्ण प्रस्तुति राम्रो छ ।
    हाम्रो वैदिक नियम अनुसार नियममा चल्ने हो भने हाम्रो समाज नै स्वर्ग बन्नेछ -असल ,बुद्धिमान सन्तान जन्मनाले समाजमा पाप दुस्कर्म नहुने, आदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *