सरकारी वकिलको जिकिर- अभियुक्त पावर र पैसावाला छन्, छुटे भने जे पनि गर्न सक्छन् – Nepal Press
नक्कली शरणार्थी प्रकरण

सरकारी वकिलको जिकिर- अभियुक्त पावर र पैसावाला छन्, छुटे भने जे पनि गर्न सक्छन्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस जारी छ । पीडित पक्षका तर्फबाट बहस गर्दै सरकारी वकिलहरूले अभियुक्तलाई कुनै हालतमा छाड्न नहुने जिकिर गरेका छन् ।

सरकारी वकिल सुरबहादुर परियारले अभियुक्त शक्तिशाली भएकाले नछाड्न आग्रह गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू पैसा र पावरवाला भएको उल्लेख गर्दै उनले भने, ‘उनीहरू पैसा र पावरवाला छन् । उनीहरूलाई छाड्यो भने पीडितहरूमाथि सेक्युरिटी थ्रेट छ । प्रमाण पनि नष्ट गर्छन् ।’

अभियुक्तहरूलाई छाडे सबै प्रमाण नष्ट हुने र पीडितहरू झन् डराउने अवस्था आउने उनको तर्क छ । पीडित पक्षबाट ८ जना सरकारी वकिल र ५ जना निजी वकिलहरूले बहस गरिरहेका छन् ।

नीजि कानून व्यवसायीमा स्वागत नेपाल, सुशील शर्मा सापकोटा, राधिका चौलागाईं, दीपकराज रेग्मी र रञ्जित ढुंगेलले पीडित पक्षका तर्फबाट बहस गर्नेछन् ।

पीडित पक्षलाई दिइएको तीन दिनको समय आज सकिँदै छ । सरकारीले बहस गरिसकेपछि निजी वकिलले बहस गनेछन् । भोलिबाट १८ प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन् । मङ्गलबारसम्म बहस चल्नेछ । प्रतिवादीका तर्फबाट बहस गर्न १ सयभन्दा बढीले वकालतनामा भरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर