एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी – Nepal Press

एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी व्यापक हेरेफेर गर्दै उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्ज तोकेको हो ।

बैठकले कोशी प्रदेशमा रघुबीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकेको हो ।

बागमतीमा भने केन्द्रीय कार्यालयले हेर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । प्रदेश इन्चार्ज तोक्दा सोही भूगोलभन्दा बाहिरका नेताहरुलाई पठाइएको छ ।


प्रतिक्रिया

One thought on “एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी

  1. बदाइ तथा सफल कार्यकाल को कामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर