पोखरामा लागूऔषधसहित एकजना पक्राउ – Nepal Press

पोखरामा लागूऔषधसहित एकजना पक्राउ

पोखरा । पोखरामा लागूऔषधसहित १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरोले अन्नपूर्ण गाउँपालिका ५ घर भएका अनिल टुवाटोलाई ७२ एम्पुल लागूऔषधसहित बुधबार नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरपालिका ५, धर्मस्थली बस्ने अनिल टुवाटोलाई २६ एम्पुल डाईजापाम, २६ एम्पुल नुर्फिन र २६ एम्पुल फेनेरागन सहित ७२ एम्पुल लागूऔषसहित १ थान मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

टुवाटोलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर