रेस्लर जुरेलीलाई महिला अभिनेत्री अवार्ड – Nepal Press

रेस्लर जुरेलीलाई महिला अभिनेत्री अवार्ड

काठमाडौं । काठमाडौंमा शनिबार सम्पन्न ‘तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२३’ मा मोडल अस्मिता सुनार जुरेलीले ‘सिहदरबार (रेलको बाटो २)’ गीतबाट ‘महिला अभिनेत्री’ अवार्ड जितेकी छन् ।

उनलाई नेपाली पहिलो रंगीन फिल्म ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले अवार्ड प्रदान गरेकी हुन् । अस्मिता गायिका र रेस्लर पनि हुन् ।

सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको यो गीतमा अस्मिता र सुरजले अभिनय गरेका छन् । लक्ष्मण सुनार निर्देशित भिडियोमा कुलदीप अधिकारी अतिथि भूमिकामा छन् ।

भिडियोमा निशल पौडेलको छायांकन, मिलन विश्वकर्माको कलर, पदम सुवेदीको सम्पादन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर