भागिरथ चलाउने र शान्तिश्री परियारको स्वरमा ‘घिउ खाएको जिउ’ सार्वजनिक (भिडियो) – Nepal Press

भागिरथ चलाउने र शान्तिश्री परियारको स्वरमा ‘घिउ खाएको जिउ’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायक भागिरथ चलाउने र शान्ति श्री परियारको स्वरमा रहेको म्यूजिक भिडियो ‘घिउ खाएको जिउ’ सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा म्यूजिक मिडियोका चर्चित निर्देशक एवम मोडल सुनिल छेत्री र चर्चित मोडल रजनी गुरुङको अभिनय तथा नृत्य रहेको छ ।

गायक चलाउनेकै म्यूजिक रहेको गीतमा लिरिक्स गोपाल रसाइली, म्यूजिक एरेन्ज कृष्ण विक, मिक्सिङ खडक बाजुराली तथा रेकडिस्ट सागर बाजुराली रहेका छन् ।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको म्यूजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् भने सहायक निर्देशकको भूमिका अभी वाग्ले गरेका हुन् । साढे नौ मिनटेको म्यूजिक भिडियो गायक चलाउनेकै यूट्युव च्यानलबाट बिहीबार दिउसो सार्वजनिक भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *