अफ्रिकामा छायांकन गरिएको श्रीधर र अस्मिताको ‘राजा रानी’ गीत बजारमा – Nepal Press

अफ्रिकामा छायांकन गरिएको श्रीधर र अस्मिताको ‘राजा रानी’ गीत बजारमा

काठमाडौं । गायक तथा सङ्गीतकार श्रीधर अधिकारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘राजा रानी’ बजारमा आएको छ ।

गीतमा शिव हमालको शब्द रहेको छ भने श्रीधर अधिकारीले सङ्गीत भरेका छन् । गीतमा अफ्रिकामा रहेर टिकटक बनाउने चर्चित टिकटकर विष्णु गिरि अफ्रिकन नागरिकको अभिनय देख्न सकिन्छ ।

गीतको छायाङ्कन नाइजेरियामा गरिएको हो । राजा रानीमा कथामा आधारित गीत नेपाल र अफ्रिकाको भेसभुसा साथै परिवेशमा निर्माण गरिएको छ ।

गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् भने गीतको निर्देशन शिव गिरिले गरेका हुन ।

अहिलेसम्म गीतलाई करिब एक लाख पचास हजार बढी दर्शकले हरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *