आयुष प्रतियोगिताको सर्वोत्कृष्ट र मनिष फाइनलको ‘प्लेयर अफ दी म्याच’ – Nepal Press

आयुष प्रतियोगिताको सर्वोत्कृष्ट र मनिष फाइनलको ‘प्लेयर अफ दी म्याच’

काठमाडौं । नेपाली राष्ट्रिय टिमका विङ्गर आयुष घलान प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाले थ्री नेसन्स कपको उपाधि जित्दा फाइनलमा एक गोल र पुरै प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गरेका आयुष सर्वोत्कृष्ट घोषित भएसँगै ५ सय अमेरिकी डलर जितेका हुन् ।

यस्तै, लाओसविरुद्ध फाइनलमा नेपालकालागि विजयी गोल गरेका मनिष डाँगी‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

फाइनलमा १७औं मिनेटमा लाओसले अग्रता लिएको थियो । खेलको २४औं मिनेटमा नेपालका लागि आयुष घलानले बराबरी गोल फर्काएका थिए । मनिषले ८७औं मिनेटमा गोल गर्दै नेपाललाई दिलाएको २–१ को अग्रतालाई अन्तिम सम्म कायम राख्दै नेपालले थ्री नेसन्स कपको उपाधि जितेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर