एमाले सचेतक बर्तौलाको नियमापत्तिपछि कांग्रेस नेता पूर्णबहादुरले संसदमा मागे माफी (भिडिओ) – Nepal Press

एमाले सचेतक बर्तौलाको नियमापत्तिपछि कांग्रेस नेता पूर्णबहादुरले संसदमा मागे माफी (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति गरेपछि कांग्रेस नेता पूर्णबहादुर खड्काले संसदमा माफी मागेका छन् ।
सदन चलिरहेको बेला कांग्रेस सांसद खड्का ओहोरदोहोर गरेपछि बर्तौलाले नियमापत्ति जनाएका हुन् ।

सांसद बर्तौलाले भने, ‘हाउसमा पटक-पटक मर्यादा विपरीतका काम भइरहे्को छ । प्रतिनिधिसभाको नियमावली २० को ६ बमोजिम सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक-पटक यो सदनको गरिमालाई धज्जी उडाउँदै सत्तापक्षकै सांसदहरूबाट यसप्रकारको काम भइरहेको छ । ध्यानाकर्षण होस् ।’

त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराए । सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खड्काले भने, ‘अन्देखाको कारणले नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ त्यसका लागि म क्षमा चाहन्छु ।’

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद बलराम अधिकरीले बोलिरहेका बेला कांग्रेस सांसदहरू पुर्णवहादुर खड्का र अर्जुन नरसिंह केसीले बीचबाट हिँडेपछि बर्तौलाले नियमापत्ति गरेका थिए । खड्काले तत्कालै माफी मागेपनि केसीले भने माफी मागेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर