कान्छी सांसद निशाको पहिलो सम्बोधन- यो सदनले आत्मसमीक्षा गर्नुपर्छ – Nepal Press

कान्छी सांसद निशाको पहिलो सम्बोधन- यो सदनले आत्मसमीक्षा गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले निर्वाचन यताको चार महिनामा सदनप्रति जनताले राखेको अपेक्षा पुरा हुन नसकेको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिका मोडहरूलाई जिम्मेवार देखाएर सार्वभौम सदन पन्छिन नमिल्ने बताइन् ।

प्रतिनिधि सभाको कान्छी सांसदसमेत रहेकी डाँगीले भनिन्, ‘सदन यसरी निष्प्रभावी हुँदा हामीले उठाएको आवाज सही थियो र छ भन्ने प्रमाणीत भएको छ । आगामी दिनमा सदनको काम कारवाहिलाई गति दिन यो सदनले आत्मसमीक्षा गर्नुपर्छ ।’

उनले बैठकमा कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुनेछ ? र कति दिनभित्र संसदीय समितिहरू बन्नेछन्, र कुन दिनबाट सदन संविधानले परिकल्पना गरेअनुसार आफ्नो काम कारवाहीमा गतिशिल भएर अघि बढ्छ ? भनेर प्रश्न सोधेकी छन् ।

उनले भनिन्, ‘राज्यमा प्रधानमन्त्री एक्लैले १६-१६ वटा मन्त्रालय सम्हालेको बेला यो सदन मार्फत जनताका तत् तत् मन्त्रालय अन्तर्गतका समस्या राखौँ कि नराखौँ दुविधामा छु।’ उनले प्रतिनिधि सभाको बैठकमा आज पहिलो पटक बोलेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर