२६ महिने प्रतिबन्धपछि डोनाल्ड ट्रम्प फेसबुकमा, आयो पहिलो पोस्ट : ‘आइ एम ब्याक’ – Nepal Press

२६ महिने प्रतिबन्धपछि डोनाल्ड ट्रम्प फेसबुकमा, आयो पहिलो पोस्ट : ‘आइ एम ब्याक’

काठमाडौं । २६ महिना अगाडि अमेरिकाको क्यापिटोल हिलमा भएको हिंसात्मक प्रदर्शनीपछि प्रतिबन्ध लाइएको डोनाल्ड ट्रम्पको सामाजिक संजाल फेसबुक पुनः संचालनमा आएको छ ।

फेसबुकको मातृ कम्पनी मेटाले आजबाट ट्रम्पको अकाउन्ट पूर्ववत अवस्थामा फर्काएको छ । तीन करोड ४० लाख बढि फलोअर भएको ट्रम्पको अकाउन्ट फिर्ता भएसँगै ट्रम्पले पोस्ट लेख्न भ्याइसकेका छन् । उनले आफ्नो सन २०२४ को राष्ट्रपतीय चुनावको उम्मेद्वारी प्रचारको भिडियो हाल्दै लेखेका छन्, ‘आइ एम ब्याक’ ।

सन् २०२४ को राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीबाट जो बाइडेन नै उठ्ने चर्चा हुँदा रिपब्लिकनबाट पुनः ट्रम्प उम्मेद्वार हुने चर्चा बढेको छ ।

ट्रम्पको बलियो उम्मेदवारीको कारण उनी पुनः ह्वाइट हाउस फिर्ने सम्भावनाका कारण फेसबुकको प्रतिबन्ध चुनावी तयारीकै दौरानमा फुकुवा भएको चर्चा सुरु भएको छ । ट्रम्पको फेसबुक पुनः संचालनको समाचार विश्वभरका मिडियाहरुले बनाएका छन् ।

फेसबुक मात्रै होइन ट्रम्पका युट्युब च्यानल पनि पुनः संचालनमा आएको छ । फेबसकु, युट्युब, ट्वीटरदेखि इन्स्टाग्रामबाट प्रतिबन्ध खेपेपटि डोनाल्ड ट्रम्पले आफ्नै लगानीको टु्रथ सोसल नामक नयाँ सामाजिक संजाल संचालन गरेका थिए । सोही च्यानलबाट उनी हालसालै आफूलाई मंगरबार पक्राउ गर्ने तयारी भएको दाबी गरेर पोस्ट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर