म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियु प्यानल निर्वाचित – Nepal Press

म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियु प्यानल निर्वाचित

पोखरा । म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुका भिममाया रोका नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

रोकाले १३० मत प्राप्त गर्दै स्ववियुको सभापति चुनिइन् । नेविसंघबाट सभापति उम्मेदवार बनेका गौरव आचार्यले १५ मत गरे । अनेरास्ववियूका रविन शाहीले १ सय ३० मत ल्याएर सचिव र तारा रानाले १ सय २६ मत ल्याएर कोषाध्यक्ष चुनिइन् ।

अनेरास्ववियुबाट सदस्यहरुमा मेघबहादुर घर्ती, विन्दा रोका, सजिना सुबेदी, किशोरी फगामी, यूमायाँ दर्जी निर्वाचित भए । उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले भने निर्वाचन बाहिस्कार गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर