क्रिकेटर आसिफ र आरिफलाई मोटरसाइकल उपहार दिने वीरगञ्जका प्रमुख सिंहको घोषणा – Nepal Press

क्रिकेटर आसिफ र आरिफलाई मोटरसाइकल उपहार दिने वीरगञ्जका प्रमुख सिंहको घोषणा

जनकपुरधाम । वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख राजेश मान सिंहले क्रिकेटर आसिफ शेष र आरिफ शेषलाई एक/एक थान यामाहा एफजेड-एफआई मोटरसाईकल प्रदान गर्ने घोषणा गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग २ मार्फत नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्याएको भन्दै दुवै खेलाडीलाई मोटरसाइकल उपहार दिने प्रमुख सिंहले घोषणा गरेका हुन् । उनी दुवैजना वीरगञ्जबासी हुन् ।

उपमहानगरपालिकाका प्रमुख सिंहले राष्ट्रको शिर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । ‘राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व पनि हो’, उनले भनेका छन् ।

खुसी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुवै खेलाडीलाई थप प्रोत्साहन र हौसला स्वरुप मोटरसाईकल प्रदान गर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *