‘युज एण्ड थ्रो’ गरेको भन्दै लुम्बिनीकी पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी – Nepal Press

‘युज एण्ड थ्रो’ गरेको भन्दै लुम्बिनीकी पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी

दाङ । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादी पार्टी छाडेकी छन् ।

उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्ष समक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन् । वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्-´मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।`

श्रीमान्‌को भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दा समेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराई आफ्नो अपमान गरेको उनको गुनासो छ । .

एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो । उनी दाङ ३ ´ख` बाट निर्वाचित भएकी थिइन् । नेकपा विघटनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

उनले माओवादी रोजेपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । त्यसपछि माओवादी नेतृत्वमा सरकार बन्यो । कुलबहादुर केसी मुख्यमन्त्री बनेको केही दिनमा विमला र उनका प्रेमी एकराज बस्नेतको चुम्बन गरेको तस्बिर सार्वजनिक भएको थियो ।

एमाले छाडेर माओवादी रोजेकी उनलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो । प्रेमीको घरमै गएर श्रीमती कुटेपछी माओवादीले उनलाई राजीनामा गराएको थियो । राजीनामा गराएपछि उनी माओवादीसँग असन्तुष्ट थिइन् ।

उनले राजीनामा पत्रमा माओवादीले ठूला अपराधमा संलग्न भएकालाई संरक्षण गरेपनि आफूले सापट दिएको रकम माग्दा राजीनामा गराएको भन्दै असन्तुष्टिसमेत जनाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *