सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०७९ माघ २२ गते ११:३१

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ । शुक्रवार मात्रै सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेको थियो ।
आज नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ४ हजार १ सय रुपैयाँ कायम रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा झरेको छ ।
त्यसै गरी आइतबार चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम रहेको छ ।
प्रतिक्रिया