प्रेमप्रसादलाई न्याय माग्दै युवाले भने- ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’ (तस्बिरहरू/भिडिओ)
२०७९ माघ ११ गते १३:३२
काठमाडौं । संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरू सडकमा उत्रिएका छन् । माइतीघरमा केही युवाहरूले स्वस्फुर्तरूपमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले प्रेमको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् ।
लुटतन्त्र, भ्रष्टाचारविरुद्ध एकजुट हौं भन्दै प्रदर्शनकारीले उनले उठाएका सवालहरूलाई पूरा गर्न पनि दबाब दिएका छन् ।
आचार्यको आत्मदाहमा राज्य जिम्मेवार भएको भन्दै युवाहरूले ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’ भन्दै सचेतसमेत गराएका छन् ।
प्रतिक्रिया
One thought on “प्रेमप्रसादलाई न्याय माग्दै युवाले भने- ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’ (तस्बिरहरू/भिडिओ)”
Leave a Reply to पुष्कर कडेल Cancel reply
सम्बन्धित खवर
हिजो बालेन जिताउन लागि परेकाहरू आज गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्छ भन्दैछन् अनि तिनले नै प्रेमप्रसाद आचार्यलाई आत्मदाह गर्न उक्साए। यो अपराध गर्नेहरू नै फेरि राज्य विरूद्ध प्लेकार्ड बोकेर सडकमा देखिएका छन्। मानसिक दरिद्रताको चरम रूप!