विश्वप्रकाश शर्माको टिप्पणी- घरजम छँदा प्रेम टुट्यो, डिभोर्सपछि माया बस्यो (भिडिओ) – Nepal Press

विश्वप्रकाश शर्माको टिप्पणी- घरजम छँदा प्रेम टुट्यो, डिभोर्सपछि माया बस्यो (भिडिओ)

काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र फरक मतका बीचमा पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई विश्वासको मत दिएपछि उनले पार्टीभित्र दुईखाले मत रहेको बताए ।

उनले भने, ‘कुनै जोडिले भागेर विवाह गरेपछि दुई परिवारको बीचमा फरक विचार आउँदो रहेछ । बोलाएर टिकाटालो गर्नुपर्छ या पर्दैन भन्ने विषयमा । तर, बोलाएर टिकोटालो गरेपछि कुनै न कुनै रुपमा सहभागी हुनु पर्ने रहेछ । घरजम छँदा प्रेम टुट्यो । डिभोर्स भइसकेपछि माया बस्यो भन्या जस्तोजस्तै भयो ।’

फरक विचारका बीच निर्णय भएपनि पार्टीको निर्णय इमान्दारपूर्वक पालना गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर