वागमती प्रदेश सरकारको प्रवक्तामा थपलिया – Nepal Press

वागमती प्रदेश सरकारको प्रवक्तामा थपलिया

हेटौंडा । वागमती प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई जिम्मेवारी दिइएको छ ।

आज दिउँसो बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री थपलियालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

थपलिया आजै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नियुक्त गरेका थिए । सोमबार मुख्यमन्त्री बनेका जम्कट्टेलले मंगलबार बिहान शपथ लिएपछि तीन सदस्सीय मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

उनले नेकपा एमालेका संसदीय दलका थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धब थापालाई मन्त्रीमा नियुक्त गरेका थिए । थपलिया आर्थिक मामिला मन्त्रीको शपथ लिएका थिए भने थापाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर