प्रचण्डलाई बधाई दिँदै माधव नेपालले भने- बोली र व्यवहारमा सामन्ज्यस्यता होस् (भिडिओ) – Nepal Press

प्रचण्डलाई बधाई दिँदै माधव नेपालले भने- बोली र व्यवहारमा सामन्ज्यस्यता होस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।

मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘उहाँले केही गरेर देखाउने, नयाँ ढंगले अघि बढ्ने र नमुना काम गरेर देखाउने र सबै क्षेत्रमा सुधारसहित आमुल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनताले देख्नेगरी काम होस् । बोली र व्यवहारमा सामन्ज्यस्यता आओस् ।’

देशमा राजनीतिक स्थायित्व जनताले चाहेको उल्लेख गर्दै विगतको शिक्षा ग्रहण गरेर अघि बढ्ने बताए । प्रधानमन्त्रीले संविधान पालाना गरेर हिँड्ने विश्वास व्यक्त गरे । संविधान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै समाजवादको लक्ष्यमा जानुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर