दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त, प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गर्दै – Nepal Press

दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त, प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गर्दै

काठमाडौं । सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको तयारी गरेका हुन् ।

माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गरेका पोखरेलले अहिलेसम्म महत्वपूर्ण अवसर पाएका थिएनन् । उनी सर्वोच्च अदालतको न्यायाधीशका दाबेदारसमेत थिए । स्रोतका अनुसार पोखरेल नियुक्त हुने निश्चित भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर